काठमाडौं, ३१ असार । रक्षा मन्त्रालयले कबोलअनुसार सामान उपलब्ध गराउन नसक्ने भन्दै प्रस्ताव नै फिर्ता लिएको घोषणा गर्ने भारतीय कम्पनी पेरी नाइट्रेट्स प्रालिबाट नेपाली सेनालाई आवश्यक पर्ने ५ करोड रुपैयाँभन्दा बढीको विस्फोटक पदार्थ खरिद प्रक्रिया अघि बढाएको छ ।
टेन्डर प्राप्त गरेको कम्पनीले विस्फोटक पदार्थ उपलब्ध गराउन नसक्ने भनी हात उठाएर माफी मागिसक्दा पनि मन्त्रालयले सोही कम्पनीबाट ती सामग्री ल्याउने प्रक्रिया अघि बढाएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।
‘तिमीहरुको आवश्यकताअनुसारको विस्फोटक पदार्थ उपलब्ध गराउन सक्दिनँ भन्दाभन्दै सोही कम्पनीबाट जबर्जस्ती विस्फोटक पदार्थ ल्याउन खोज्नुपछाडि निकै ठूलो आर्थिक चलखेल रहेको स्पष्ट हुन्छ’, सैनिक उच्च स्रोतले नागरिकसँग भन्यो ।
पेरीले विस्फोटक पदार्थ उपलब्ध गराउन नसक्ने भन्दै एकतर्फी रुपमा टेन्डर प्रक्रियाबाट हात झिकेको चार महिनापछि सेना र रक्षा मन्त्रालयले सोही कम्पनीबाट सामग्री खरिद गर्ने निर्णय लिएका हुन् ।
‘आफ्नो नाममा टेन्डर परिसकेपछि कबोल गरेबमोजिमका विस्फोटक पदार्थ उपलब्ध गराउन सक्दिनँ भन्ने कम्पनीलाई कारबाहीस्वरुप उसको बैंक जमानत जफत गरी कालोसूचीमा राख्नुपर्नेमा उल्टै उसैसँग जसरी पनि विस्फोटक पदार्थ खरिद गर्ने निर्णय लिनु दुर्भाग्यपूर्ण हो’, स्रोतको भनाइ छ ।
सेनाले पहिलोपटक २०७२ कात्तिक ३० गते अन्तर्राष्ट्रिय आपूर्तिकर्ता कम्पनी र उनीहरुको आधिकारिक स्थानीय एजेन्टलाई सम्बोधन गर्दै ३० दिनको म्याद राखी बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा इन्डस्ट्रियल केमिकल्स ९औद्योगिक रसायन० भनी विस्फोटक पदार्थ माग गरिएको थियो ।
सेनाले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा ६ लाख १२ हजार ५ सय केजी अनकोटेड अमोनियम नाइट्रेट प्रिल्स माग गरिएको थियो । बोलपत्र भर्नेले १६ हजार ५ सय अमेरिकी डलर ९करिब साढे १७ लाख रुपैयाँ० धरौटी राख्नुपर्ने प्रावधान सेनाले राखेको थियो ।
विस्फोटक पदार्थ अमोनियम नाइट्रेट आपूर्ति गर्न इच्छा देखाउँदै विभिन्न छवटा कम्पनीले बोलपत्र दाखिला गरेका थिए । तीमध्ये सेनाले पेरीको भारतीय एजेन्ट टिंकल वेल्स, नयाँदिल्लीको बोलपत्र स्विकृत गरेको थियो । त्यतिबेलै प्रक्रिया मिचेर टिंकल वेल्सलाई बोलपत्र प्रदान गरिएको स्रोत बताउँछ ।
‘विस्फोटक पदार्थ उत्पादक कम्पनीमार्फत मात्र खरिद गर्ने व्यवस्थासहितको सर्तबन्देज राखिएको थियो । बोलपत्र प्रदान गरिएको कम्पनी उत्पादक कम्पनी होइन । भारत सरकारले वेल्सलाई तरललाई ठोसमा परिवर्तन गर्ने इजाजत मात्र दिएको छ’, स्रोतले भन्यो । पछि, पेरी नाइट्रेटलाई उत्पादक कम्पनी बनाई बोलपत्र पार्न वेल्स सफल भएको दाबी स्रोतको छ। केही उच्च सैनिक अधिकृत पनि यो कार्यमा संलग्न रहेको स्रोत बताउँछ ।
बोलपत्र प्राप्त गर्ने कम्पनीले ९० दिनभित्र विस्फोटक सामग्री मकवानपुरको सुनाचरी ल्याउनुपर्ने सर्त थियो तर बोलपत्र प्राप्त गरेको केही सातापछि नै पेरी नाइट्रेट्सले आफ्नो एजेन्ट वेल्सले भनेअनुसारको सामग्री उपलब्ध गराउन नसक्ने भन्दै नेपाली सेनालाई पत्र पठायो ।
dainiknepal
Thursday, July 14, 2016
- Blogger Comments
- Facebook Comments
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment