728x90 AdSpace

  • Latest News

    Wednesday, July 13, 2016

    जापानी सम्राटबाट स्वेच्छिकरुपमा गद्दी त्याग्ने चाहना रहेको घोषणा

    काठमाडौं, असार २९ । जापानका सम्राट अकिहितोले आगामी वर्ष स्वेच्छाले गद्दी त्याग्ने चाहना राखेको घोषणा गरेका छन् ।

    जापानको समाचार संस्था ‘एनएचके’ले ८२ वर्षीय सम्राटले गद्दी त्याग्ने चाहनाको कारणबारे भने केही खुलाएको छैन । पछिल्लो समय सम्राटको स्वास्थ्यमा समस्या देखिँदै आएको बीबीसीले जनाएको छ ।

    उनी २७ वर्षदेखि जापानको सम्राट छन् ।

    सम्राटको गद्दी त्याग्ने कदमलाई भने अनौठो कदमकोरुपमा हेरिने देखिएको छ ।

    ५६ वर्षीय राजकुमार नारुहितो जापानको सम्राट हुने लाइनमा छन् । 



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: जापानी सम्राटबाट स्वेच्छिकरुपमा गद्दी त्याग्ने चाहना रहेको घोषणा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top