ब्राजिल तथा बार्सिलोना स्टार नियमारले पहिलो पटक बार्सिलोना क्लबमा आउँदा डर लागेको बताएका छन् । उनले आफ्ना टिममेटहरु लियोनल मेस्सी, जाबी हर्नानडेज, ड्यानी एल्भ्सजस्ता खेलाडीहरु ड्रेसिङ रुममा देख्दा निकै डर लागेको बताएका छन् ।
उनले भनेका छन्,‘म निकै डराएको थिए, जब मैले लियोनल मेस्सी लगायत अन्य खेलाडीहरुलाई देखेको थिए । तर यी खेलाडीहरु मेरा आइडल थिए ।’
सुरुमा बार्सामा आएर ट्रेनिङ गर्न समेत आफु डराएको नियमारले बताएका छन् । उनले भने,‘ड्यानी एल्भ्सले मलाई क्लबमा आएपछि ठुलो मदत गरेका थिए ।
बार्सिलोनाको खेल्ने स्टाइलमा पनि मलाई ढाल्न ड्यानीको ठुलो सहयोग रहेको छ । उसले मलाई गरेको मदतप्रति म आभारी छु ।’
0 comments:
Post a Comment