728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    सशस्त्रले खुलायो अवरुद्व सडक


    असार ३०। रसुवा– पासाङल्हामु सडक खण्डअन्तर्गत रसुवाको राम्चे १ मुलखर्कमा गएको पहिरोका कारण अवरुद्व सडक सशस्त्र प्रहरीको सक्रियतामा खुलाइएको छ ।
    सशस्त्र सीमा गुल्म रसुवाको ७० जनाको टोली तथा स्थानीयसहितको सक्रियतामा दुइ दिन पछी बिहिबार सडक खुलाउन सफल भइएको डिएसपी दर्शन गिरीले जानकारी दिए ।
    ‘सबै पक्षको सहकार्यमा दुई दिन लगाएर सडक सञ्चालनमा ल्याउन सफल भएका छौं, सडक खुलेसँगै सवारी आगावमन निर्वाध रुपमा चलिरहेका छन्’, गिरीले भने ।
    वर्षाका कारण पहिरो जाँदा पटक पटक सो क्षेत्रमा सडक अवरुद्व हुँदै आएको छ ।रातोपाटीबाट

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सशस्त्रले खुलायो अवरुद्व सडक Rating: 5 Reviewed By: Unknown
    Scroll to Top