728x90 AdSpace

  • Latest News

    Sunday, July 17, 2016

    डा. केसीका मागको विरोध गर्दै राजधानीमा र्‍याली र सभा

    काठमाडौं, साउन २ । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै आमरण अनसनमा बस्दै आएका डा. गोविन्द केसीका मागप्रति असहमति जनाउँदै निजी मेडिकल कलेज तथा अस्पताल संचालकहरुले आइतबार राजधानीमा विरोध कार्यक्रम गरेका छन् ।

    उनीहरुले राजधानीमा विरोध प्रदर्शन गर्नुका साथै माइतीघर मण्डलामा विरोधसभा गरेका थिए । विरोध सभालाई सम्बोधन गर्दै ओम अस्पतालका संचालक एवं वरिष्ठ चिकित्सक डा. भोला रिजालले देशमा अन्तर्राष्ट्रियस्तरको मेडिकल शिक्षा र सेवा उपलब्ध गराउन लागि परिरहेका आफूहरुलाई डा. केसीले माफिया भनेको भन्दै आपत्ति जनाए ।

    विरोध र्यालीमा सहभागीहरुले डा. केसीले राखेका माग पूरा हुने हो भने मेडिकल शिक्षामा मात्र नभई सम्पूर्ण शिक्षा क्षेत्र नै तहसनहस हुने दाबी गरेका थिए ।

    यसैबीच, आठ दिनदेखि अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । उनको रक्तचाप र सुगरको मात्रा घट्दै गएको उपचारमा संलग्न डा. दिब्या सिंहले बताइन् ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: डा. केसीका मागको विरोध गर्दै राजधानीमा र्‍याली र सभा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top