काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी ओलीले रोजगारीका लागि राउदी अरब पुगेका नेपाली कामदारहरूको सुरक्षाप्रति चिन्ता जनाउनुभएको छ ।
नेपालका लागि साउदी अरबका राजदूत अहम जसिन अल हमारसँग आइतबार सिंहदरबारमा भएको भेटवार्ताका क्रममा ओलीले नेपाली कामदारको अवस्थाका विषयमा चासो व्यक्त गर्नुभएको हो । ओलीले नेपाल र साउदी अबरवीचको सम्बन्धका विषयमा पनि खुसी व्यक्त गर्नुभएको निजी सचिवालयले जनाएको छ ।
भेटमा साउदी अरबका राजदूत हमारले नेपालसँगको सम्बन्धलाई निरन्तरता दिँदै आगामी दिनमा पनि दुई मुलुकको सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको थियो । साउदी अरबमा नेपाली कामदारको सुरक्षाप्रति आफूहरू पनि सचेत रहेको राजदूत हमारको भनाई थियो ।

0 comments:
Post a Comment