728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    एमालेले गर्यो प्रधानमन्त्री बन्न रामचन्द पौडेल लाइ प्रस्ताव

    काठमाडौँ, ३० असार । नेकपा (एमाले)का तर्फबाट प्रधानमन्त्री बन्नका लागि आएको प्रस्तावलाई नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वीकार गर्नुभएको छ ।

    एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नका लागि राख्नुभएको प्रस्तावलाई वरिष्ठ नेता पौडेलले इन्कार गर्नुभएको हो । “पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ, म पार्टी निर्णयभन्दा बाहिर जान सक्दिन”– वरिष्ठ नेता पौडेलको भनाइलाई उद्धृत गर्दै उहाँका सहयोगी चिरञ्जीवी अधिकारीले बताउनुभयो ।


    काँग्रेस केन्द्रीय समिति बैठकले काँग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिलाई अनुमोदन गर्दै दाहालको नेतृत्वमा सरकार गठन गर्नका लागि सहयोग गर्ने निर्णय गरेको थियो । वर्तमान प्रधानमन्त्री ओलीविरुद्ध काँग्रेस र माओवादी केन्द्रसहितका दलले बुधबार व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् ।



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: एमालेले गर्यो प्रधानमन्त्री बन्न रामचन्द पौडेल लाइ प्रस्ताव Rating: 5 Reviewed By: Unknown
    Scroll to Top