लहान, ३ साउन । सशस्त्र प्रहरीको गस्ती टोलीले गएराति सिरहाको गोलबजारबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले गोलबजारस्थित रामजानकी पेट्रोल पम्प नजिकबाट हतियारसहित गोलबजार नगरपालिका– ४ निवासी रामगणेश बेलदासलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक सुवर्णबहादुर थापा मगरले जानकारी दिनुभयो ।
हतियार बोकेर स.५ प २२३ नम्बरको कालो रङ्गको मोटरसाइकलमा गइरहेको भन्ने गोप्य सूचनाको आधारमा विशेष टोली खटिएको थियो ।
पक्राउ परेका बेलदासको साथबाट एक थान सिक्सर पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली र पञ्जा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक थापामगरले जानकारी दिनुभयो । रासस
dainiknepal
Monday, July 18, 2016
- Blogger Comments
- Facebook Comments
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment