728x90 AdSpace

  • Latest News

    Monday, July 18, 2016

    उत्तर कोरियाले पुनः क्षेप्यास्त्र परीक्षणको तयारी गरेको दक्षिणको भनाई


    सोल। दक्षिण कोरियाले उत्तर कोरियाले फेरि पनि अर्काे क्षेप्यास्त्र परीक्षणको तयारी गरिरहेको जानकारी प्राप्त भएको जनाएको समाचारमा जनाइएको छ । दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले दिएको जानकारीअनुसार सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको छ । उत्तर कोरियाका आणविक क्षेत्रका विभिन्न क्रियाकलापहरु हेर्दा उसले फेरि पनि यस्तो तयारी गरिरहेको जानकारी पाइएको दक्षिण कोरियाली ती अधिकारीले जनाएका छन् ।


    दक्षिण कोरियाली एकीकरण मन्त्रालयद्वारा सोमबार राजधानी सोलमा आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता जियोन जुङ हीले उत्तरले पछिल्ला केही दिनयता देखाएको क्रियाकलापले उसले अर्काे क्षेप्यास्त्र परीक्षण गर्न लागेको थाहा भएको जानकारी दिनुभयो । आइतबार मात्र पनि जापानी सरकारी समाचार समिति, क्योडोले उत्तर कोरियाका केही सङ्कास्पद क्रियाकलापहरु सूचनामा आएकोले उसले अर्काे परीक्षणको तयारी गरेको बुझिएको समाचारमा जनाएको थियो ।

    तर कुन क्षेत्रमा उसले के कस्तो खालाको क्षेप्यास्त्र हान्दैछ भन्ने विषयमा भने कुनै संकेत प्राप्त नभएको दक्षिण कोरियाली रक्षामन्त्रालयले जानकारी दिएको छ ।
    सो मन्त्रालयले भनेको छ– के कस्तो परीक्षण हो भन्ने बारेमा हामीले कुनै सूचना पाएका छैनौँ तर परीक्षणको नै उसको तयारी भएकोमा भने आफूहरुले जसरी पनि पत्ता लगाउने रक्षामन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

    सो तयारीको सूचना पनि सोलले प्राप्त गरेको जनाएको थियो । सो सूचनाका आधारमा दक्षिण कोरियाले उक्त परीक्षणको अवस्थाको बारेमा अध्ययन गरेको थियो ।
    यस अघि पनि उत्तर कोरियाले गत महिनामात्र क्षेप्यास्त्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर छोडेको थियो । त्यस यता के हुदैछ भन्ने बारेमा कुनै अध्ययन गरिएको र हालैका दिनमा भने उत्तरका क्रियाकलापहरु निकै बढ्दो रुपमा देखिएकोले परीक्षणको तयारी भएको पाइएको समाचारमा जनाइएको छ ।

    दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको र सम्बन्धको सुधारका लागि द्विपक्षीय वार्ताका लागि प्योङयाङले गरेको प्रस्ताव दक्षिण कोरियाले हालैमात्र अस्वीकार गरेको थियो । उत्तर कोरियाली नेताले आफ्नो पार्टीको बैठकको अवसरमा दुई महिनाअघि गर्नुभएको सम्बोधनका क्रममा उहाँले दक्षिण कोरियासँग वार्ता गरी सबै समस्याको टुंगो लगाउने बताउनुभएको थियो ।

    उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । यस्तो शृंखलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको उत्तर कोरियाले रोेकेको छैन । यसलाई विश्व समुदायले उत्तरको हठी स्वाभाव भईसकेको बताउने गरेका छन् ।



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: उत्तर कोरियाले पुनः क्षेप्यास्त्र परीक्षणको तयारी गरेको दक्षिणको भनाई Rating: 5 Reviewed By: Unknown
    Scroll to Top