728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    माओवादी केन्द्रको निर्णय गलत भएको सत्तारुढ दलको निष्कर्ष, राजीनामा नदिने

    सत्तारुढ गठबन्धनले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सत्ताबाट बाहिरिने नेकपा माओवादी केन्द्रको निर्णय गलत भएको निष्कर्ष निकालेको छ।

     
    माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा डाकेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
     
    ‘आजको बैठकमा सबै दलका नेताहरुले सत्तासाझेदार दलसँग कुनै परामर्श समेत नगरी सत्ताबाट बाहिरिने माओवादीको निर्णय अनुचित र अनुपयुक्त भएको निष्कर्ष निकालेका छन्,’ बैठकपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले सेतोपाटीसँग भने।
     
    त्यसैगरी, उक्त बैठकले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सत्ताबाट बाहिरिने निर्णयलाई हठात निर्णय भएको भन्दै उनीहरूले माओवादीको यो निर्णय देश र जनताको हितमा नभएको र यसले संविधान कार्यान्वयनमा प्रतिकूल असर पार्ने ठहर गरेको दाहालले बताए।
     
    सरकारको विषयमा देखिएको असहज परिस्थितिको सामूहिक रुपमा एकताबद्ध भएर सामना गर्ने सहमति पनि सत्तारुढ दलका नेताहरूबीचको बैठकले गरेको छ।
     
    बैठकको सुरूमा प्रधानमन्त्री ओलीले पछिल्लो परिस्थितिबाट अन्य दलका नेताहरूलाई जानकारी गराएका थिए।
     
    प्रधानमन्त्री ओलीले माओवादीको समर्थन फिर्ता भए पनि आफूले पदबाट राजीनामा पनि नदिने र संसदमा विश्वासको मत पनि लिनेतर्फ नलाग्ने धारणा राखेका थिए।  
     
    त्यसपछि राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले माओवादीको कदम गलत भएको भन्दै यसबाट उत्पन्न परिस्थितिको सामना गर्न प्रधानमन्त्री ओलीले लिने निर्णयलाई सत्तारुढ गठबन्धनका सबै दलले विवेक प्रयोग गरी समर्थन गर्नु पर्ने धारणा राखेका थिए।
     
    थापाको भनाइप्रति अन्य दलका नेताहरुले पनि समर्थन जनाएको दाहालले बताए।
     
    उक्त बैठकमा सत्तामा रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजय गच्छदार, राप्रपा नेता एवम मन्त्री दीपक बोहोरा, उपप्रधानमन्त्री चित्रबहादुर केसी, विश्वेन्द्र पासवानसहित नेमकिपाका प्रेम सुवालको उपस्थिति रहेको थियो। सेतोपाटी 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: माओवादी केन्द्रको निर्णय गलत भएको सत्तारुढ दलको निष्कर्ष, राजीनामा नदिने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top