728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    फिर्ताको पत्र पाएपछि प्रधानमन्त्रीले भने, ‘शुभकामना छ’

    असार २८, २०७३- सरकारबाट फिर्ता हुने माओवादी केन्द्रको पत्र पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘शुभकामना’ भन्दै जवाफी प्रतिक्रिया दिएका छन् ।

    सिंहदरवारमा पत्र लिएर आएका माओवादी नेता जनार्दन शर्मालाई प्रधानमन्त्रीले भने, ‘ल ठीक छ, राम्रो, तपाईंहरुलाई शुभकामना छ ।’ शर्मा एमाले नेतृत्वको सरकारबाट फिर्ता हुँदै कांग्रेससँग गठबन्धन बनाउने तीन योजनाकारमध्येका एक हुन् ।

    ओलीले कालो चिया मगाएर शर्मालाई खुवाए ।

    माओवादी नेता शर्माले भने प्रधानमन्त्री सामान्य अवस्थामा नै प्रस्तुत भएको बताए । ‘उहाँले पत्र पाएपछि आश्चार्य मान्नुभएन,’ उनले भने, ‘केहीबेर अरु गफ पनि भयो ।’

    निकट स्रोतका अनुसार माओवादीले समर्थन फिर्ता लिने सूचना प्रधानमन्त्रीले सोमबार बेलुकै थाहा पाएका थिए । ‘कांग्रेस र माओवादीका नेताहरुबीच सोमबार राति सहमति भएको सूचना प्रधानमन्त्रीले पाउनुभएको थियो,’ स्रोतको भनाइ छ, ‘समर्थन फिर्ताको निर्णय नौलो कुरा थिएन ।’

    पत्र पाएपछि प्रधानमन्त्रीले उपप्रधानमन्त्रीहरु र विभिन्न दलबाट नेतृत्व गरेका मन्त्रीहरुसँग छलफल गरेका थिए । उपप्रधानमन्त्री विजयकुमार गच्छदारबाहेक सबै सिंहदरवार पुगेका थिए ।

    प्रधानमन्त्रीले माओवादीको समर्थन फिर्ताको पत्रपछि आगामी रणनीतिबारे कानुनमन्त्री अग्नि खरेल, महान्यायाधीवक्ता हरि फुयाल, सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईलगायतसँग पनि छलफल गरे ।

    दिउँसो ३ बजे सिंहदरवारबाट बाहिरिएका प्रधानमन्त्रीले संवाददाताहरुलाई संक्षिप्त प्रतिक्रिया दिए, ‘माओवादीको समर्थन फिर्ताको पत्र प्राप्त भएको छ, हामी छलफल गर्दैछौं ।’

    बालुवाटार पुगेलगत्तै प्रधानमन्त्री सत्तारुढ पार्टीको बैठक र त्यसपछि पार्टी स्थायी कमिटीको बैठक बोलाए ।Kantipur 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फिर्ताको पत्र पाएपछि प्रधानमन्त्रीले भने, ‘शुभकामना छ’ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top