728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    मिसन सफल भएको खुशीयालिमा गुप्तचरहरुले दिए द्धारिका होटलमा रात्रीभोज,भोज खान नेताको ताँती

    dwarika

    आफ्नो इशारा अनुसार नाच्न नमानेसँगै ओली सरकार गठन देखि नै दक्षिण मुलुक चिढियो । यही कारण कहिले नाकाबन्दीको नाममा त कहिले संविधानका नाममा उस्ले असन्तृष्ठी देखाउदै रह्यो । नेपालमा अस्थिरता मात्र चाहने भारतले यो सरकार ढाल्न पटक पटक अनेक अस्त्र प्रयोग गर्यो । तर ति कुनै पनि अस्त्र सफल हुन सकेन । अन्तत नौ महिनाको लामो प्रयास पछाडि उस्ले यो गठबन्धन भत्काउन लगभग सफल भएको छ ।

    लामो समयको अथक प्रयास पछाडि राष्ट्रवादी सरकारको छवि बनाएको ओली सरकार ढाल्ने रहर पूरा भएको छ । यही मिसन पूरा भएसँगै उस्ले अघिल्लो आइतवार नै विशेष दुतहरु नेपालमा खटाएको थियो ।

    माओवादीको केन्द्रको यो कदम र कांग्रेससँग मिलेर सरकार बनाउने प्रयासको सुरुवातसँगै आफ्नो रणनीति सफल भएको भन्दै भारतीय गुप्तचरहरुमा खुशी छाएको छ । भारतीय राजदूतावासस्थित एक उच्च स्रोतका अनुसार ओली सरकारलाई गिराउने खेलमा सफलताको श्रृंखला सुरु भएपछि त्यसको खुशियालीमा छलफलको नाममा मंगलबार राति बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा रात्रिभोज आयोजना गरिएको छ ।

    समाचार स्रोतका अनुसार भोजमा नेपाली कांग्रेस र माओवादी केन्द्रका दोश्रो बरियताका नेताहरु, मधेशवादी दलका नेताहरुलाई डाकिएको छ । कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भने मंगलबार साँझसम्ममा भारतीय राजदूत रञ्जित रेले भेट गर्ने कार्यक्रम  यही बीचमा तय भएको थियो ।

    को को सक्रिय ?

    प्रचण्डलाई ओलीको साथ छुटाउने काममा भारतीय स्वार्थबाट प्रेरित तथा प्रभावित केही माओवादी नेताहरुको समेत प्रमुख हात रहेको छ । यो मामलामा सबैभन्दा ठूलो भूमिका माओवादी नेता कृष्णबहादुर महराले निर्वाह गरेका स्रोतको जनाएको छ ।केही समयअघिसम्म ठूलो माछा पक्रिने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले महरालाई पक्रने तयारी सुरु गरेका थिए । अख्तियारले डाम्ने सूचना पाएपछि महरा आफूलाई बचाइदिन हारगुहार गर्दै सुटुक्क दिल्ली पुगेका थिए । त्यही सेरोफेरोमा कांग्रेस सभापति शेरबहादुर देउवा समेत पत्नी आरजूको उपचार बाहानामा दिल्ली पुगेका थिए । महरा र देउवा भन्दा अघि नै भारतसँग निकट र हिन्दू राष्ट्रको एजेण्डामा अडिग खूमबहादुर खड्का समेत दिल्ली पुगिसकेका थिए ।

    अख्तियारबाट तर्सिएर लोकमानसिंह कार्कीलाई रोकिदिन अनुरोध गर्दै दिल्ली पुगेका महरा, देउवा, खड्का र भारतीय नेताहरुको त्यहाँ कयौपटक छलफल भएको थियो । सोही क्रममा ओली सरकारलाई ढाल्न सहयोग गरे अख्तियारको संभावित कारबाहीबाट बचाउनसक्ने भारतीय नेताहरुले महरालाई सन्देश दिएका थिए । अख्तियारको टार्गेटमा प्रचण्ड समेत रहेका र अन्य उच्च माओवादी नेताहरु समेत जेल पर्नसक्ने भन्दै भारतीय नेताहरुले तर्साएका थिए । महराले ढिलोचाँडो ओली सरकार गिराउन प्रचण्डलाई सहमत गराउने कसम खाएर स्वदेश फर्किएका थिए । स्वदेश फर्किए लगत्तै प्रचण्डका लागि ओली सरकार गिराउने खेलमा सामेल हुन सहमत गराइसके पनि रातारात चिनिया कार्ड प्रभावशाली भएपछि महराको योजना तुहिएको थियो । तर पनि उनले आफ्नो मिसन छाडेनन् र अन्ततः भारतीय गुप्तचरको समेत साथ लिएर अख्तियारको संभावित कारबाहीबाट पनि बच्ने, भारतीयलाई खुशी पनि पार्ने र सत्तामा आफ्ना अध्यक्षलाई प्रधानमन्त्री र आफूलाई महत्वपूर्ण मन्त्री बनाउने गरी ओली सरकार गिराउने खेलमा उनले सफलता पाए ।

    भारतले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाओवादी अध्यक्ष प्रचण्ड, अर्का  नेता कृष्णबहादुर महरा, कांग्रेस नेता खूमबहादुर खड्कादेखि पूर्व राजा ज्ञानेन्द्रसम्मलाई प्रयोग गरेको थियो ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मिसन सफल भएको खुशीयालिमा गुप्तचरहरुले दिए द्धारिका होटलमा रात्रीभोज,भोज खान नेताको ताँती Rating: 5 Reviewed By: Unknown
    Scroll to Top