728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    इटाली रेल दुर्घटना : एउटै लिगमा दुई रेल, २३ जनाको मृत्यु

    असार २९ – इटालीमा दुई वटा रेल ठोक्किँदा २३ जनाको ज्यान गएको छ । दुई वटा यात्रु रेल ठोक्किएर भएको दुर्घटनामा अरु धेरै मानिस घाइते भएका छन् ।
    इटालीको दक्षिणी क्षेत्रमाको बारी र बार्लेट्टा बिचको तटीय शहर एड्रियामा रेल दुर्घटना भएको हो । एउटै रेलवे ट्रयाकमा दुई वटा रेल गुडेका कारण दुर्घटना भएको हो ।
     दुर्घटना लगतै उद्दारकर्मीले उद्दारको काम सुरु गरेका छन् । दुर्घटनाग्रस्त रेलको डिब्बाबाट निकालेर घाइतेलाई उपचारका लागि निजकको अस्पताल लगिएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर छ ।

    मानवीय भुलका कारण दुर्घटना भएको र यसबारे अनुसन्धान भइरहेको सरकारी अधिकारीले बताएका छन् । तीब्र गतिमा चलेका 
    दुई रेल एउटै ट्रयाकमा भएका कारण दुर्घटनामा धेरैको ज्यान गएको हो । दुर्घटनामा रेल क्षतविक्षत भएको छ । यो दुर्घटनाको क्षति विमान दुर्घटनाको जस्तै रहेको स्थानीय अधिकारीले बताएका छन् । प्रधानमन्त्री मेतियो रेन्जीले दुर्घटनाको जाँच गर्न आदेश दिनुभएको छ । 

    – एजेन्सीको सहयोगमा 

    प्रतिक्रिया दिनुहोस


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: इटाली रेल दुर्घटना : एउटै लिगमा दुई रेल, २३ जनाको मृत्यु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top