खप्पुस र लस्सी हैन आमा मलाई
आफ्नै गुन्द्रुक र ढीडो मन पर्छ
कृत्रिम सहरको फुलबारी हैन
मलाई आफ्नो देशको माटो मन पर्छ
यस्तै देश प्रेम, बर्तमान नेपाली सामाजिक, राजनितिक र आर्थिक समय चेतका भावहरु बोल्दै थिए प्रवासका श्रष्टाहरु |
नेपाली समुदाय युएई तथा साहित्यिक समुह कायाकल्पको सहकार्यमा, २०३ औ भानु जयन्तीको अवसरमा युएईको प्रमुख शहर दूबई स्थित श्रीराज लस्सी होटेलमा आयोजीत श्रष्टा भेला कार्यक्रममा नेपाली हरुको आफ्नो मन भित्रका प्रेम, पिडा, क्रोध, दुख र संघर्षका तिता मिठा भावहरु आफ्नो काब्य सृजनाबाट बाट ओकल्दै थिए | अप्रतिस्पर्धात्मक तर अधिक सहिभागीतात्मक उद्देस्यले बिसुद्ध प्रवाशी साहित्यिक प्रोत्सहानको मर्ममा संरचित उक्त कार्यक्रममा युएईको शारजाह, आज्मन, दुवई शहरमा कार्यरत करिब डेढ दर्जन स्रष्टाहरुले आफ्नो सृजना वाचन गर्ने मौका पाएका थिए | भेलामा कबिता, गजल, गितको प्रधानता संगै लोक भाकाका शुशेलीहरु पनि गुन गुनाइएका थिए |
प्रवासमा काम गर्दाको क्रम विभिन्न दुर्घटना, आतंक, र बिमरीका कारण ज्यान गुमाएका नेपालीहरुलाई पनि सहिदको उपमा दिदै उनिहरुको सम्झना र श्रद्धामा मौन धारण गरि सुरु गरिएको कार्यक्रम आफैमा पृथक रहेको बताउदै आयोजक नेपाली समुदाय युएईका अध्यक्ष बिदुर राउतले भन्नु भयो , “ भानुले आजभन्दा २०० बर्ष आगाडी छोडेर जानु भएको लोकको हित गरेर कृति राख्नु पर्छ भन्ने मर्ममा समाज सेवाबाट नै सामाजका बेमेल पूर्ण अवस्थितिलाई सन्तुलनमा राख्न सकिन्छ, र आफ्नो जीवनको दैनिक १४-१६ घण्टा सम्म अनवरत काम गर्ने प्रवाशी मजदुर हरुले आफ्नो नेपाली साहित्य प्रतिको साधना र यसको सम्मान गर्न चुकेका छैनन जुन यो भेलाले स्पष्ट परेको छ |” आफ्नो संस्थापन वर्षमा पोहोर रसअलखैमाहमा आयोजित २०२ औ भानु जयन्ती पश्चात यो नेपाली समुदायका सोहि अवसरमा दोस्रो भेला थियो |
कार्यक्रममा कायाकल्प द्वारा प्रकाशित प्रवासको संघर्षपूर्ण जीवनलाई समेटिएको “ खजुर” नामक लघुकथा पुस्तक साथै नेपाली समुदायको पहिलो त्रैमासीक पत्रिका “ हिम अरब “ को समेत विधिवत/बिमोचन लोकार्पण गरिएको थियो साथै नेपाली समुदाय संग नेपालबाट सहकार्य गर्ने यौन हिंसा उत्पिडनमा परेका महिला तथा बालबालिकाको लागि काम गर्ने संस्था “ रक्षा नेपाल “ को पनि भित्तेपात्रो वितरण गरिएको थियो | कार्यक्रमको सभापतित्वमा आसिन परम आनन्द ज्युले भानु भक्त बाट अनुवादित रामायणका पद उद्धृत गर्दै लोक हितका लागि कृती राखी सात्विक समाज सेवा गर्नु पर्ने कुरामा जोड दिदै साहित्यिक अभिब्यक्तीको धारा र प्रवृतीको समिक्षा गर्नु भयो |
कार्यक्रममा, कृष्ण पारस ,तारा हांग राइ, कृष् अतृप्तित् , फणिन्द्र दाहाल , प्रदिप शाही ठकुरी,दिपक बिस्वकर्मा ,घनश्याम अधिकारि, सरमन अर्याल ,मधु बिक्रम ,आर पि श्रीजन, प्रिन्स तिवारी , नबराज कार्की, मान दोर्जे शेर्पा ,देबि पान्डे लगायतले विभिन्न साहित्य गजल कबिता गितहरु प्रस्तुत गर्नु भएको थियोे भने कार्यक्रमको प्रत्यक्ष प्रसारण युएस खबर अनलाई टेलिभिजनले गरेको थियो। साथै सम्पूर्ण प्रवाशी नेपालीहरुको सेवामा समर्पित नेपाली समुदाय युएईले आउदो ०२ सेप्टेम्वर २०१६, का दिन माइती र चेलीको संबन्धलाई सुमधुर गराउने र अर्घाखाँचीका एक मृगौला पिडितको सहयोगार्थ “ तिज कार्यक्रम गर्ने पनि उद्घोष गरिएको छ |everest online





0 comments:
Post a Comment