728x90 AdSpace

  • Latest News

    Wednesday, July 13, 2016

    बेलायतकी दोस्रो महिला प्रधानमन्त्री बनिन् टेरेसा मे

    लन्डन, असार । बेलायतको प्रधानमन्त्रीबाट बाहिरिँदै कन्जरभेटिभ पार्टीका नेता डेभिड क्यामरुनले आफ्नो उत्तराधिकारी टेरेसा मेलाई बेलायत युरोपियन युनियन (ईयू) बाट बाहिरिने प्रक्रिया अगाडि बढाइरहँदा पनि ईयूसँगको सम्बन्धलाई निकट एवम् सुमधुर रहने गरी अघि बढ्न आग्रह गरेका छन् ।   बेलयातको इतिहासमा टेरेसा मे दोस्रो महिला प्रधानमन्त्री बन्न सफल भएकी छिन् । यसअघि भने मार्गरेट थ्याचर प्रधानमन्त्री भएकी थिइन् ।   बुधबार प्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिनुभन्दा केही घण्टा पहिले उनले सांसदहरुसँग बिदाई सम्बोधन गर्दै बेलायती संसद हाउस अफ कमन्समा भने, ‘मेरा उत्तराधिकारी एवम् बेलायती कुशल मध्यस्थकर्तालाई मेरो सल्लाह छ कि उहाँले बेलायतलाई ईयूबाट अलग गर्दैगर्दा पनि बेलायतको ईयूसँग रहेको सम्बन्ध सम्भव भएसम्म निकट रहनेगरी गर्नुहुनेछ । यसो गर्नु बेलायत ईयू दुवैको व्यापार र सुरक्षा सहकार्यका लागि फाइदाजनक हुनेछ ।’   प्रधानमन्त्री क्यामरुनले बेलायती जनताले मुलुकलाई ईयूबाट अलग गर्ने पक्षमा मतदान गरेपछि दुई साता पहिले नै प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए ।   उनले बुधबारै बेलायती महारानी एजिलावेथ द्वितीयलाई बकिङ्घम प्यालेसमा भेटी आफ्नो राजीनामा पेस गरेका थिए । उनको राजीनामापश्चात बेलायती महारानीले प्रधानमन्त्रीको कार्यभार पूर्व गृहमन्त्री मेलाई सुम्पिने बताइएको थियाे ।   उनान्साठी वर्षीया मे बेलायती ‘आइरन लेडी’ मार्गरेट थ्याचर पछि लेवर पार्टीकै तर्फबाट बेलायत सरकारको नेतृत्व गरेकी हुन् । उनी बेलायतको इतिहासमा दास्रो प्रधानमन्त्री भएकी छिन् ।   मे प्रधानमन्त्रीमा आएसँगै उनका सामु बेलायतलाई ईयूबाट अलग गराउने कठिन पहलका लागि चुनौतीको सामना गर्नुपर्नेछ ।   ईयू नेताहरुले नयाँ नेतृत्वमा आएसँगै मेले छरितो कदमलाई अगाडि बढाउँदै बेलायतलाई ईयूसँग सदस्य राष्ट्रका नाताले रहिआएका संयुक्त क्रियाकलापबाट अलगनगरी बे्रक्जिट को निर्णयपछि ईयू र बेलायतबीच रहेको अनिश्चिततालाई अन्त्य गर्न आग्रह गरिसकेका छन् । रासस/एएफपी 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बेलायतकी दोस्रो महिला प्रधानमन्त्री बनिन् टेरेसा मे Rating: 5 Reviewed By: Unknown
    Scroll to Top