728x90 AdSpace

  • Latest News

    Wednesday, July 13, 2016

    आईएसका बरिष्ठ सैनिक कमाण्डर अमेरिकी हमलामा मारिए

    काठमाडौं, असार ३० । इस्लामिक अतिवादी संगठन आईएसका बरिष्ठ सैनिक कमाण्डर शिशानी अमेरिकी हमलामा मारिएका छन् ।

    इराकको शिरकत शहरमा अमेरिकी सेनाले गरेको हमलामा उनी मारिएको पुष्टी आइएसले गरेको छ ।

    अबु बक्र अल बगदादीका निकट मानिने तरखान बतिराश्विली नामका शिशानीको मृत्युले आइएसलाई ठूलो धक्का लागेको छ ।

    अमेरिका र रुसबीचको लडाइका सशक्त भूमिका निर्वाह गरेका शिशानीलाई अमेरिकी रक्षा मन्त्रालयले यसअघी युद्ध मन्त्रीको उपमा दिएको थियो ।

    आइएसका आवद्ध भएपछि अमेरिकाले शिशानीलाई मोस्ट वान्टेडको सूचीमा राखी ५० लाख अमेरिकी डलरको इनाम घोषणा गरेको थियो ।

    सिरियामा भएको अमेरिकी हमलामा मारिएको अमेरिकी दाबीलाई अस्वीकार गर्दै आएको आइएसले उनी इराकी हमलामा मारिएको पुष्टी गरेको हो ।

    इराकको मोसुल शहर नियन्त्रण मुक्तीका लागि भएको अमेरिकी हमलामा उनी मारिएको दाबी आइएसको छ । (एजेन्सी)



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: आईएसका बरिष्ठ सैनिक कमाण्डर अमेरिकी हमलामा मारिए Rating: 5 Reviewed By: Unknown
    Scroll to Top