एजेन्सी , समयमा बर्ष नभए पछि चिन्तित बनेका किसानहरुले बर्षा होस् भन्दै आफ्ना कुमारी छोरीहरुलाई रातिको समयमा नांगै हलो जोत्न लगाएका छन । भारतको बिहार राज्यको कटिहार जिल्लामा समयमा बर्षा नभए पछि यस्तो गरिएको हो ।
स्थानीय मानिसका अनुसार धेरै समय सुख लागेमा वा लामो समय खडेरी परेमा आफ्नो कुमारी छोरीहरुलाई रातिको समयमा नांगै हलो जोत्न लगाउने गरिन्छ । यसो गर्नले बर्षका देवताले लाज मानेर पानी पर्ने विश्वास स्थानीयको रहेको छ । स्थानीयका अनुसार कुमारी युवतीले नग्न भएर हलो जोतेमा इन्द्र देवतालाई लाज भई खेतिपती राम्रो गरिदिने विश्वास गर्दछन ।
एक स्थानीयका अनुसार कुमारी युवतीहरु साझ परेपछि सुर्य देवतालाई आह्वान गरी नग्न भएर खेतमा जाने गर्दछन् ।
0 comments:
Post a Comment