728x90 AdSpace

  • Latest News

    Saturday, July 16, 2016

    पाकिस्तानी मोडलको गोली हानी हत्या, भाइमाथि आरोप

    kandilपाकिस्तानको मुल्तानमा शनिबार पाकिस्तानी मोडल कंदील बलोचलाई गोली हानी हत्या गरिएको छ । जानकारीका अनुसार बलोचलाई उनकै भाइले हत्या गरेका हुन् । उनका भाइ कन्दीलको फेसबुकमा गरिने पोष्ट र भिडियोका कारण तनावमा थिए ।

    कंदीलले पहिले नै आफ्नो सुरक्षाको माग गरेकी थिइन् । उनले आफूलाई ज्यान मार्ने धम्की आइरहेको पुलिसलाई बताएकी थिइन् ।

    पाकिस्तानका थुप्रै क्रिकेटरहरुसँग बलोचको साथीको सम्बन्ध थियो । साथै उनी सोसल मिडियामा आउने बयानको विषयमा चर्चामा रहने गर्दथिन् ।

    कंदीलले आफ्नो वास्तविक नाम लेखेर इस्लामाबादका एसएसपीलाई सुरक्षा व्यवस्था उपलब्ध गराउनुपर्ने माग गरेकी थिइन् ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पाकिस्तानी मोडलको गोली हानी हत्या, भाइमाथि आरोप Rating: 5 Reviewed By: Unknown
    Scroll to Top