728x90 AdSpace

  • Latest News

    Monday, July 18, 2016

    करिनाले मिडियासँग आक्रोश पोख्दै भनिन्, ‘गर्भवती छु, मरेकी छैन’

    आफू गर्भवती भएको बारेमा निकै प्रचारबाजी भएकोमा करिना मिडियासँग रुष्ट छिन् । उनी मिडियासँग रिसाएको कुरा उनले आइतबार दिएको एक अन्र्तवार्ताले पुष्टि गर्दछ ।

    आइतबार उनले एक अन्तर्वार्ताको क्रममा आफ्ना सबै तितो ओकलेकी छिन् । गर्भवती हुँदा पनि उनले रिया कपुरको फिल्म ‘विरा दि शादी’ को शुटिङ गरिरहेकी छिन् र यसैलाई आधार बनाई जब उनलाई सुत्केरी बिदा चाँहिदैन भन्ने प्रश्न सोध्दा उनी रिसले आगो भएकी थिइन् ।

    उत्तरमा उनले आफू गर्भवती मात्र भएको भन्दै आफू मरेको होइन भन्दै रिस फेरिन् । उनले भनिन्, ‘म गर्भवती भएकी हुँ, मरेकी होइन र सुत्केरी बिदाको कुरा किन ? धर्तीमा बच्चा जन्माउनु साधारण कुरा हो । मिडियाले यो कुरालाई ठूलो बनायो ।’

    उनले आफूलाई भिन्न नदेखाउन पनि आग्रह गरिन् । उनले भनिन्, ‘म पहिला जस्तो थिएँ, अहिले पनि त्यस्तै छु । मलाई पहिलेभन्दा भिन्न देखाउन नखोज्नुस् । जसलाई तनाव हुन्छ, उनीहरुले म सँग काम नगरुन् । तर मेरा काम सधैंको जस्तै चल्नेछ ।’

    उनले आफ्नो प्रेगनेन्सीलाई राष्ट्रिय स्तरको विषय नबनाउनसमेत आग्रह गरेकी छिन् । ‘यसलाई नेसनल क्याजुअलिटी बनाउन बन्द गर्नुहोस् । हामी सन् २०१६ मा बाँचिरहेका छौं, १८०० मा होइन । अहिलेको अवस्थामा पनि मिडियाले जुन प्रकारले व्यवहार गर्छ, त्यो हेरेर यो अनुमान गर्न सकिन्छ कि त्यतिबेलाका मानिसहरु अहिलेका भन्दा बढि सभ्य र सामान्य थिए ।’

    मानिसहरुसँग आफू हैरान भएको बताउँदै उनले विवाह, बच्चाले आफ्नो करियरलाई केही पनि हानी नगर्ने बताइन् ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: करिनाले मिडियासँग आक्रोश पोख्दै भनिन्, ‘गर्भवती छु, मरेकी छैन’ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top