728x90 AdSpace

  • Latest News

    Saturday, July 16, 2016

    ओबामासँग रक्सी पिएर चर्चामा आएकी मालियाको अर्को रूप

    एजेन्सीः अमेरिकी राष्ट्रपति बाराक ओबामाकी जेठी छोरी मालिया ओबामा रक्सी पिइरहेको अवस्थामा भेटिएपछि विवादसँगै चर्चामा आएकी छन्।

    आमा अमेरिकी प्रथम महिला मिसेल ओबामाले सुरु गरेको ‘लेट गर्ल लर्न' नामक शैक्षिक अभियानलाई साथ दिइरहेकी मालियाले आफ्नो अठारौँ जन्मदिन मनाउने क्रममा साथीहरूसँगै ड्रिंक्स गरेकी बताइएको छ। अभियानको क्रममा उनी आमा मिसेल र बहिनी सासाका साथमा विभिन्न मुलुकको भ्रमण गरिरहेका छन्। 

    सो क्रममा नेदरल्यान्डको आर्मस्टंगमा रहेको सुगर फ्र्याक्टीस्थित क्लबमा उनी साथीहरूको साथ भोड्का पिइरहेको अवस्थामा भेटिएको ‘र्याडर अनलाइन'ले बताएको छ।

    अठारौं जन्मदिनको अवसरमा आयोजना गरेको पार्टीमा उनी तीनजना साथीहरूसँग थिइन्। त्यही पार्टीमा उपस्थित भएका डीजे योरी रोस्टको अनुसार, मालिया र उनका सबै साथीहरू एकैछिनमा मातेका थिए। 

    ‘उनीहरूको ग्लास भोड्काले भरिएको थियो। मालियाले रमाइलो डान्स गरेकी थिइन्', रोस्टले भने ‘मालियाको शरीर फ्लेक्जिबल देखिएको थियो।' 

    मालियाले आफू ओबामा भएकै कारण अरूको ध्यान तान्ने भन्ने प्रसंगलाई अस्वीकार गरेकी थिइन्। उनीहरू रातको साढे तीन बजे घर फर्केका थिए। यसअघि शैक्षिक गतिविधि, सामाजिक काम एवम् अध्ययनलगायत विभिन्न सकारात्मक कार्यबाट चौतफी प्रशंसा बटुलेकी मालियाले यस प्रकारको नकारात्मक प्रसंगबाट चर्चामा आएको सम्भवतः यो पहिलो पटक हो। 

    तर मालियामा रक्सीको लत नभए पनि जन्म दिनको खुसीयालीमा रमाइलोका लागि पिएको बताइएको छ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ओबामासँग रक्सी पिएर चर्चामा आएकी मालियाको अर्को रूप Rating: 5 Reviewed By: Unknown
    Scroll to Top