728x90 AdSpace

  • Latest News

    Saturday, July 16, 2016

    ओलम्पिक आउनै लाग्दा जिका भाइरसको त्रास, खेलाडीहरु नाम फिर्ता लिदैं

    काठमाडौं, साउन २ । ब्राजिलमा ओलम्पिक खेलकुदको मिती नजिकिंदै जाँदा जिका भाईरसको त्रास कायमै छ । पछिल्लो दुई वर्षदेखि लेटिन अमेरिकी मुलुकहरुमा जिका भाईरसको संक्रमण बढीरहेको छ ।

    ओलम्पिक आयोजक ब्राजिलले यो संक्रमण रोक्न सम्भव भएसम्मका सबै प्रयास गरेको दावी गरेपनि विश्वभरका खेलाडीहरु भने यसमा विश्वस्त हुन सकेका छैनन् ।

    ओलम्पिक सुरु हुन झण्डै तिन हप्ता बाँकी रहँदा खेलाडीहरुले नाम फिर्ता लिने क्रम सुरु भएको छ । चेक गणतन्त्रका टेनिस खेलाडी टामस बर्डीचले जिका भाईरसको संक्रमणको डरले ओलम्पिक टोलीबाट नाम फिर्ता लिएका छन् ।

    जिकाको डरले नाम फिर्ता लिने बर्डीच तेस्रो टेनिस खेलाडी हुन् । यसअघि रोमानियाकी सिमोना हालेप र क्यानाडाका मिलोस राओनिकले पनि प्रतियोगिताबाट नाम फिर्ता लिईसकेका छन् ।

    यसैगरी गल्फतर्फ पनि २० जनाभन्दा बढी खेलाडीले जिका भाईरसकै सक्रमणको डरले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ओलम्पिक आउनै लाग्दा जिका भाइरसको त्रास, खेलाडीहरु नाम फिर्ता लिदैं Rating: 5 Reviewed By: Unknown
    Scroll to Top