728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    ५ बर्षमा ६२ प्रतिशतले घट्यो ईण्टरनेट शुल्क

    काठमाडौं /अहिलेको सुचना प्राविधिको यूगमा दूरसञ्चार क्षेत्रको विकास निकै दृत गतिमा भइरहेको छ । दुरसञ्चार क्षेत्रमा भइरहेको ब्यापक विकाससंगै मोबाईल ईन्टरनेट सेवाको शुल्कपनि उल्लेख्य रुपमा गिरावट आएको छ । मोबाइल सेवा मार्फत प्रदान गरिने ईन्टरनेट डाटा सेवाका कारण नेपालीहरुको ईन्टरनेट सेवा माथिको पहुँचमा समेत निरन्तर वृद्धि भईरहेको छ ।


    नेपालमा ईन्टरनेट प्रगोगकर्ताहरुको सङ्ख्यामा भएको उल्लेख्य वृद्धिमा टेलिकम सेवा प्रदायकहरुले प्रदानगर्ने डाटा सेवा अर्थात मोबाईल ईन्टरनेटको ठूलो भुमिका रहेको छ । एनसेलको नेटवर्कमा सन् २०११ मा प्रति एमबी ईन्टनेटको शुल्क औषतमा रु २ रुपैया ३७ पैसा पर्ने गर्दथ्यो । पाँच वर्षको अन्तरालमा यो शुल्कमा गिरावट आएर सन् २०१५ मा प्रति एमबि ९० पैसामा झरेको छ । यो भनेको ६२ प्रतिशतले गिरावट हो ।

    प्रत्यक वर्ष दोहोरो अंकमा घट्दै ईण्टरनेट शुल्क

    प्रविधिको विकास, बढ्दो थ्रीजी कभरेज र बजार प्रतिस्पर्धाका कारण डाटा सेवाको शुल्क प्रत्येक वर्ष दोहोरो अंकले घटिरहेको छ । अहिले एनसेललको बिना प्याक ईन्टरनेट चलाउदा लाग्ने शुल्क ५० प्रतिशतले घटेर रु ३ प्रति एमबिमा झरिसकेको छ । एनसेलले पहिलो पटक नेपालमा ग्राहकहरुको मागलाई ध्यानमा राख्दै सन् २०१२ मा प्रति एमबि ३० पैसा देखि रु ३ पर्ने दैनिक, साप्ताहिक र मासिक डेटा प्याकहरु उपलब्ध गराएको थियो । त्यति बेला कुनै पनि प्याक बिना ईन्टरनेट चलाउदा शुल्क रु ६ प्रति एमबी शुल्क निर्धारण गरिएको थियो ।

    एनसेलको डाटा सेवाको औषत शुल्क सन् २०१२ मा प्रति एमबी २ रुपैया ३३ पैसा थियो । सो शुल्क सन् २०१३ मा घटेर १ रुपैया ८ पैसामा झर्यो । त्यसैगरी सन् २०१४ मा थप घटेर १ रुपैया ३ पैसा भयो ।सन् २०१३ मा बढ्दो फेसबुक प्रयोगकर्ता र उनीहरुको मागलाई विशेष ध्यानमा राख्दै कम डाटा शुल्कमा फेसबुक चलाउन सकिने गरी एनसेलले फेसबुक प्याक सार्वजनिक गरेको थियो । यो प्याक अन्र्तगत ग्राकहले प्रति एमबि ५० पैसा शुल्कमा फेसबुक चलाउने अवसर पाएका थिए । अहिले ग्राहकले फेसबुक प्याक मार्फत १२ पैसा प्रति एमविमा फेसबुक चलाउन सक्छन् । फेसबुक प्याक अन्र्तगतको डाटा चलाई सके पश्चात ग्राहकले प्याकको समयावधि बाँकी रहुन्जेल मात्र ९९ पैसाा प्रति एमबीमै फेसबुक चलाउन सक्छन् ।

    आवश्यकता अनुसार भोल्यूम बेस्ड डाटा सेवा

    एनसेलले आफ्ना उपभोक्ताका लागि उनीहरुको आवश्यकता अनुसार विभिन्न भोल्युम बेस्ड डाटा सेवा उपलब्ध गराउँदै आइरहेको छ । उदाहरणका लागि कम्पनीले उपलब्ध गराउँदै आइरहेको १ महिना भित्र प्रगोगगरी सक्नुपर्ने लाईट (१००० एमबि), मिडियम (२००० एमबि) र हेभी (३००० एमबि) सेवालाई लिन सकिन्छ । एनसेल डेटा सेवा अन्तर्गत उपभोक्तालाई प्याकको प्रकार र भोल्युम हेरीकन ९० दिन सम्मको समयावधी उपलब्ध गराउने गरेको छ । ग्राहकहरुको बढ्दो मागलाई ध्यानमा राख्दै एनसेलले २ वर्ष अगाडी देखि नै अनलिमिटेड डाटा सेवापनि प्रदान गर्दै आइरहेको छ । यस योजना अन्र्तगत ग्राहकले ३० पैसा प्रति एमबी सम्मको


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ५ बर्षमा ६२ प्रतिशतले घट्यो ईण्टरनेट शुल्क Rating: 5 Reviewed By: Unknown
    Scroll to Top