728x90 AdSpace

  • Latest News

    Wednesday, July 13, 2016

    भैसी बचाउन खोज्दा उपसभामुखको गाडीको यो हालत!

    २९ असार । काठमाडौं : व्यवस्थापिका संसदका उपसभामुख गंगाप्रसाद यादव चढ्ने बा २ झ १४३८ नम्बरको कार अहिले सिहदरबारको एउटा कुनामा थन्किएको छ।
    उपसभामुखको कार चढ्नै नमिल्ने गरी कुच्चिएकाले कुना ओगटेर राखिएको हो। गाडीका सबै सीसा फुटेको छ। गाडी कच्याककुचुक अवस्थामा छ। केही दिनअघि मोरङको विराटनगर जाने क्रममा सप्तरीमा यादव चढ्ने गाडी दुर्घटनामा परेको हो।
    सप्तरी जिल्लाका डिएसपी भीम ढकालका अनुसार सडकमा चलिरहेको गाडी अगाडि एक्कासी भैसी आएपछि बचाउन खोज्दा अनियन्त्रित हुँदै पल्टिएको हो।
    गाडी दुर्घटना हुँदा उपसभामुख यादव भने कारमा थिएनन्। विमानबाट विराटनगरको कार्यक्रममा पुगेका उपसभामुखलाई लिन जाँदा गाडी दुर्घटना परेको हो। गाडी इन्द्रजीत कान्तिले चलाएका थिए। दुर्घटना घाइते भएका चालक क्रान्तिको अहिले उपचार भइरहेको छ। स्रोत: पहिलोपोस्ट

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भैसी बचाउन खोज्दा उपसभामुखको गाडीको यो हालत! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top