असार २८, काठमाडौं (अस) । बैङ्क अफ काठमाण्डू (बीओके)ले भूकम्प पीडितको आवास निर्माणमा सक्रिय धुुर्मुस–सुन्तली फाउण्डेशनलाई सहयोग गरेको छ । बैङ्कले उक्त फाउण्डेशनलाई ५ लाख रुपैयाँ सहयोग गरेको हो ।
मङ्गलवार बैङ्कको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैङ्कका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
फाउण्डेशनले हाल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ गिरानचौरमा भूकम्प पीडितका लागि एकीकृत नमूना बस्ती पुनर्निर्माणअन्तर्गत ६५ ओटा घर बनाउँदै छ । फाउण्डेशनले यसअघि काभ्रेमा २० ओटा घर निर्माण गरी भूकम्प पीडितलाई हस्तान्तरण गरिसकेको छ ।-abhiyan.com.np
0 comments:
Post a Comment