728x90 AdSpace

  • Latest News

    Tuesday, July 19, 2016

    भिटामिन ‘एम’का कारण मेडिकल शिक्षामा बेथिती : डा. उपेन्द्र देबकोटा

    upendra devkotaकुनै बेला चिकित्सक संघ राजनीतिक व्यवस्था परिवर्तनका लागि आएको थियो, चाहे पञ्चायती व्यवस्था होस् या राजतन्त्र फाल्ने पछिल्लो अभियानमा । अहिले पनि मलाई याद छ ०४६ सालको आन्दोलनमा चिकित्सक संघका अध्यक्ष थिए डा.सच्चेकुमार पहारी । उनी रोयल फिजिसियन थिए ।

    अहिले डा. केसीले स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको गुणस्तरका खातिर अनशन बसेर ज्यानको बाजी लगाएको यत्रो दिन बितिसक्दा पनि संघले आन्दोलन सशक्त बनाउन सकेको छैन । यस्तो बेला संघले खुट्टा कमाउनु हुँदैन ।

     

    जनआन्दोलन सुरु हुँदा उहाँ तत्कालीन राजा वीरेन्द्रसँग पोखरामा हुनुहुन्थ्यो । संघले जनआन्दोलनमा ऐक्यबद्धता जनाउने भनेपछि उहाँ राजालाई छाडेर काठमाडौं आउनुभयो । त्यतिबेला पहारी राजाको साथ छोडेर ‘म चिकित्सक हुँ’ भन्दै राजा फाल्ने आन्दोलनमा आएका थिए । चिकित्सक संघका अध्यक्षको कुर्सी भनेको त्यो गौरवपूर्ण कुर्सी हो ।

    अहिले डा. केसीले स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको गुणस्तरका खातिर अनशन बसेर ज्यानको बाजी लगाएको यत्रो दिन बितिसक्दा पनि संघले आन्दोलन सशक्त बनाउन सकेको छैन । यस्तो बेला संघले खुट्टा कमाउनु हुँदैन । डा.गोविन्द केसीका माग कि नाजायज हुन् भन्न सक्नुप¥यो, कि गोविन्द केसी पागल हुन् भन्नुपर्छ, हैन भने नेपाली चिकित्सकले उनलाई साथ दिन खुट्टा कमाउँनु हुन्न ।

    हामी चिकित्सक सबैको एउटा–एउटा दरबार छ । अहिलेको नेतृत्वलाई ऐतिहासिक मौका आएको छ । हामीले इतिहासमा सबैले एउटा–एउटा दरवार समातेर आफ्ना साथीहरुलाई पाखा लगाएका छौ ।

    यतिबेला हामी सबै चिकित्सकलाई डा. केसीको पक्षमा उभिएर गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुनिश्चित गर्ने अभियानमा लाग्ने ऐतिहासिक अवसर प्राप्त भएको छ । हामीमध्ये कोही पनि आमरण अनशनमा बस्न सक्दैनौं, त्यसैले उहाँको निष्ठाको उच्च कदर गर्न पनि आन्दोलनमा आउनुपर्छ । यस्तो बेला संघले नेतृत्व गर्न सकेन भने अवसर जनताको हातमा जानेछ । चिकित्सकहरू डा. केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदा जनताले दुःख पाउँछन् भनेर हच्किन्छन्, तर खासमा हामीलाई जनताको दुःख होइन, आफ्ना राजारजौटा रिसाउलान् कि भन्ने डर छ ।
    टियुलाई मेडिकल एजुकेशन पढाउँन दिँदा आइओएमका साथीहरुले वीर पूरानो अस्पताल हो, यसलाई पनि दिनुपर्छ भनेनन् । वीरलाई आउँन नदिएर पैसाको बलमा प्राइभेट मेडिकल कलेज भित्र्याइयो । अहिले त्यही आइओएम दबाबमा परेको छ । सरकारसँग आइओएम जत्तिकै क्षमता भएका, न्याम्स, पाटन, धरानमा डीम यूनिभर्सिटी छन् । किन त्यसको क्षमताको प्रयोग गर्न कसैको ध्यान जान्न । सबैभन्दा कम फ्याकल्टी र क्षमता भएको केयुलाई सम्बन्धन दिने अधिकार दिनु र वीरलाई नदिनुको पछाडीको  कारण  ? अनि विकृतिको सुरुवात हामी चिकित्सककै नेतृत्वमा  क्षमतै नभएका कलेज कसले दिन थाल्यो ?

     

    सबैभन्दा कम फ्याकल्टी र क्षमता भएको केयुलाई सम्बन्धन दिने अधिकार दिनु र वीरलाई नदिनुको पछाडीको  कारण  ? अनि विकृतिको सुरुवात हामी चिकित्सककै नेतृत्वमा  क्षमतै नभएका कलेज कसले दिन थाल्यो ?

    खडेबाबाको भरमा जहाँ प्रोफेसर हाजिरै हुन्न, त्यहाँ डिएम/एमसिएच कसले दियो ? काउन्सिलका अधिकारी, विश्वविद्यालयका पदाधिकारी अनुगमन जान्छन् तर देख्दैनन् ।  यसको कारण भिटामिन एम (पैसा/मनि) हो । सबैको आँखा पैसाले छोपेको छ । अनुगमन नै नगरीकनै वार्षिक रुपमा लाखौ आइरहेको कसले देख्थ्यो त ? कुन पोषक तत्वले उहाँहरू आँखा अगाडिका कुरा पनि देख्न सकिरहनुभएको छैन ? त्यो पोषक तत्व ‘एम’ हो, मनी, पैसा । लाइसेन्स दिने चिकित्सक र अनुगमनमा जाने पदाधिकारी सबैका आँखा त्यही ‘एम’ ले टालेको छ ।

     

    काउन्सिलका अधिकारी, विश्वविद्यालयका पदाधिकारी अनुगमन जान्छन् तर देख्दैनन् ।  यसको कारण भिटामिन एम (पैसा÷मनि) हो । सबैको आँखा पैसाले छोपेको छ । अनुगमन नै नगरीकनै वार्षिक रुपमा लाखौ आइरहेको कसले देख्थ्यो त ?

    मेडिकल कलेजहरु पैसा कमाउँन मात्रै आएका हुन् । म स्वास्थ्यमन्त्री हुँदा म तपाईंलाई धेरै ठूलो कुरा दिन्छु । तपाईहरुकहाँ बिरामी छैनन्, विभिन्न जिल्लाको स्वास्थ्य सेवाको जिम्मा दिन्छु, पाँचपाँच वटा जिल्ला लिनुस् भन्दा कोही तयार भएनन् । विद्यार्थी सिक्न पाउँछन्, जनताले सेवा पाउँछन्, मेची–महाकाली घुमेर देख्न पाउँछन् भन्दा पैसा चाहियो रे ? सेवाका लागि मेडिकल कलेज खोल्छु भन्ने वहियात कुरा हो । इन्टर्नसीप गर्न चाँहि सरकारी अस्पताल चाहिने, तर सेवा दिन नसक्ने ?
    नेताका नाममा धेरै कलेज आए र आउँदैछन् यी कलेजहरु भ्रममा नपरौं सेवा दिन आएकै हैनन् । माथेमा आयोगको प्रतिवेदन नआउँदासम्म सम्बन्धन दिन्न भन्नु र त्यो नकुर्नु यसमा षडयन्त्र छ । चिकित्सक संघले खुट्टा कमाउँनुहुन्न । हैन भने डा.केसीको आन्दोलनलाई सघाउँनसमेत नसक्ने संघमा किन सदस्य भएर बस्ने ?
    डा. देवकोटाले चिकित्सक संघमा दिएको बिचार

    swasthya khabar 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भिटामिन ‘एम’का कारण मेडिकल शिक्षामा बेथिती : डा. उपेन्द्र देबकोटा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top