728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    रोनाल्डोलाई टक्कर दिँदै अर्जेन्टिनाका हेगुइन

    असार २९ – आर्सनल गोन्जालो हेगुइनलाई किन्न ८ करोड पाउण्ड अर्थात ११ अर्ब ४० करोड नेपाली रुपैयाँ तिर्न तयार भएको छ । 
    आर्सनलले अर्जेन्टिनाका स्ट्राइकर हेगुइनलाई भित्र्याउन चाहेको र त्यसका लागि इटालियन क्लब नापोलीलाई ११ अर्ब ४० करोड तिर्न तयार भएको नापोलीसँग नजिक रहेका स्रोतले जनाएका छन् । २८ वर्षका हेगुइनका प्रतिनिधि इंग्लिस क्लब आर्सनलका प्रतिनिधिसँग छलफलका लागि तयार भएको जनाइएको छ । 
    प्रत्येक्ष प्रस्ताव आइनसके पनि आर्सनल उनलाई ल्याउन तयार भएको खबरमा उल्लेख छ । ११ अर्ब ४० करोड तिर्न सक्ने क्लबले मात्रै हेगुइनलाई लैजान सक्छ । अन्यथा हेगुइन आउँदो दुई वर्षसम्म नापोलीमै रहनु पर्नेछ ।

    गएको सिजन सिरिए उपविजेता बनेको नापोलीका लागि ३६ गोल गरेका हेगुइनले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थिए । हेगुइनलाई आर्सनलले ८ करोड पाउण्ड तिरर ल्यायो भने त्यो इतिहासकै दोस्रो ठूलो अुनबन्ध हुनेछ । 
    यसअघि स्पेनिस क्लब रियल मड्रिडले सन् २०१३ मा ग्यारेथ बेललाई ८ करोड ५० लाख पाउण्ड तिरेर अनुबन्ध गरेको थियो । त्यस अघि रोनाल्डो महंगा खेलाडी थिए । २००९ मा रियल मड्रिड अनुबन्ध क्रिष्टियानो रोनाल्डोलाई अनुबन्ध गर्न ८ करोड पाउण्ड तिरेको थियो । 

    – एजेन्सीको सहयोगमा 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: रोनाल्डोलाई टक्कर दिँदै अर्जेन्टिनाका हेगुइन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top