धरान । सुनसरीकाे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको उपचार तथा शल्याक्रिया समेत हुने भएपछि सेवाग्राहीलाई सहज हुने भएको छ । मुटुको उपचार तथा शल्यक्रियाका लागि काठमाडौ धाइरहने विरामीका लागि सहज हुने भएकाे हाे ।
सुपरस्पेस्यालिटी सेवा सुचारु गरेको धरान स्थिती वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय उपत्यका वाहिर पहिलो पटक ओपन हार्ट सर्जरी सुरु गरेको छ । नेपालकेै पहिलो काडियोथोरेसिक सर्जन डाक्टर लोकेश जैशवाललाई प्रतिष्ठानमा ल्याएसगै प्रतिष्ठानमा ओपन हार्ट सर्जरी सुरु भएको हो । जैसवाल सहितको टोलीले पुर्वका ६ जना मुटु रोगीहरुको सफल सर्जरी गरिसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा सफल मुटुको शल्याक्रिया भएपछि प्रतिष्ठानको शल्यक्रिया विभागमा भेटिएकी धरान १३ की शान्ति लिम्बुले धरानमै सफल उपचार पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । वैदेशीक रोजगारमा साउदी पुगेर मुटुकै कारण फर्किनु भएकी उहाले उपचारको लागी विभन्नि अस्पताल धाएको र प्रतिष्ठानमा आए पछि उपचार पाएको वताउनुभयो् ।
उनको मुटुकाे भल्वमा समस्या रहेको र शल्याक्रिया गरि खोलिएको प्रतिष्ठानले जनाएको छ । उनिसगै झापा , सिन्धुली तथा उदयपुरका मुटु रोगीहरुको समेत सफल सल्याक्रिया गरिएको शल्याक्रियमा संलग्न डाक्टर लोकेश जैशवालले जानकारी दिनुभयो । प्रतिष्ठानका उपकुपति प्राध्यापक डाक्टर बलभद्रप्रसाद दासले प्रतिष्ठानले जन्मजात मुटुको समस्या एएसडी, भीएसडी,टिओएफ, पीडिए जस्ता रोग , भल्वको समस्या आरएचडी , वाथरोगका कारण मुटुमा हुने समस्या एमभीआर,एभीआर,ढिभिआर तथा वाइपास सिएबीजी अप्रेसन समेत सुरुगरेको जानकारी दिदै अव पुर्वाञ्चल वासीले मुटुको लागी काठमाडौ जानु नपर्ने वताउनुभयो ।
0 comments:
Post a Comment