728x90 AdSpace

  • Latest News

    Thursday, July 7, 2016

    इराकमा आत्मघाती हमला, कम्तीमा २० जनाको मृत्यु

    बग्दाद, असार २४ । इराकको राजधानी बग्दादको एक सिया मस्जिदमा भएको आत्मघाती बम हमला र गोली प्रहारबाट कम्तिमा २० जनाको मृत्यु भएको छ ।

    इराकी सुुरक्षा स्रोतलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले भने विस्फोटबाट ३५ जनाको मृत्यु र ६०जना भन्दा बढी घाइते भएको जनाएको छ ।

    मुस्लिम समुदायको पवित्र पर्व इद मनाउन भेला भएकाहरु माझ भएको आत्मघाती बम विस्फोट र गोली प्रहारमा अन्य धेरै घाइते भएका छन् ।

    बलाद शहरमा रहेको मस्जिदमा आत्मघातीले बम विस्फोट गराएलगत्तै गोली चलेको अधिकारीहरुले बताएका छन् । (एजेन्सी)


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: इराकमा आत्मघाती हमला, कम्तीमा २० जनाको मृत्यु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top