728x90 AdSpace

  • Latest News

    Thursday, July 7, 2016

    तातोपानी क्षेत्र उच्च जोखिममा

    पानीको बहाव कम भए पनि भोटेकोशीमा आएको बाढीका कारण नदीकिनारमा कटान नरोकिएपछि तातोपानी क्षेत्र जोखिममा परेको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।
    बाढी कम भएपनि नदीले जमिन कटान गरेर राजमार्गछेउका घरमा क्षति हुने क्रम रोकिएको छैन। चीनतिरबाट आएको बाढीले नदी किनारको जमिन कटान गर्न नरोकिएकाले नेपाल–चीन सीमा क्षेत्रको तातोपानी र आसपासका क्षेत्रका घरमा क्षति हुने क्रम रोकिएको छैन।
    मंगलबार मध्यरातबाट सुरु भएको बाढीले सीमा क्षेत्रमा मात्र ४० भन्दा बढी घर बगाइसकेको छ। जिल्ला दैवीप्रकोप उद्धार समितिको बिहीबार बसेको बैठकमा दिइएको जानकारी अनुसार बाढीले सीमा क्षेत्रको लिपिङ बजारमा २० परिवारका २१ वटा घर बगाइसकेको छ भने थप ३० वटा घर पनि बग्ने अवस्थामा छन्।
    कोदारी बजारको होटल इको र आसपासका घर पनि नदी कटानमा परेका छन्। तातोपानी बजारमा थप घर बग्ने अवस्थामा पुगेको सुरक्षा निकायलाई उद्रित गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्ण मणि दुवाडीले बताए।नदीको बहाव बजारतर्फ बढ्दै गएकाले थप क्षति हुनसक्ने अनुमान छ। News 24Nepal


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: तातोपानी क्षेत्र उच्च जोखिममा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top