728x90 AdSpace

  • Latest News

    Monday, July 18, 2016

    गुजरातमा चर्किदै दलित आन्दोलन : दर्जनौं दलितद्धारा आत्महत्या प्रयास

    एजेन्सी, ४ साउन । भारतको गुजरातमा जारी दलित आन्दोलनले उग्ररुप लिएको छ । ११ जुलाईमा गुजरातको वेरावलस्थित ऊना गाउँका एक दलित युवकमाथि निर्धात कुटपिट भएपछि सो आन्दोलन सुरु भएको हो ।

    बीबीसीका अनुसार त्यसबेला उक्त युवक मृत जनावरको छाला काटिरहेका थिए । त्यसपछि उनलाई शिवसेनाका कार्यकर्ताहरुले कारको पछाडि बाँधेर निर्धात कुटपिट गरेका थिए ।

    सो घटनाको भिडियो इन्टरनेटमा भाइरल भएपछि प्रहरीले आठ जनालाई गिरफ्तार गरेको थियो भने सँगै दलितहरुले आन्दोलन थालेका थिए ।andolan
    सो घटनामाथि प्रहरीले छानवीन भएपछि दलितहरुले आत्महत्याको प्रयास गरेका छन् । समाचारका अनुसार भारतका विभिन्न स्थानमा दर्जनौं दलितहरुले आत्महत्याको प्रयास गरेका छन् । उनीहरुले विष पिएर आत्महत्याको गर्न खोजेका छन् ।

    आन्दोलनकारी दलितहरुले राजकोटको ‘हाइवे’ ठप्प पारेका छन् । आन्दोलनकारीहरुले दोषीलाई उन्मुक्ति दिन ढिला गरेको आरोप लगाएका छन् ।

    आन्दोलनका क्रममा घाइते भएका सात दलित आन्दोलनकारीलाई सरकारले उपचार गर्ने मुख्यमन्त्री आनन्दीबेन पटेलले बताएका छन् ।
    khabardabali

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गुजरातमा चर्किदै दलित आन्दोलन : दर्जनौं दलितद्धारा आत्महत्या प्रयास Rating: 5 Reviewed By: Unknown
    Scroll to Top