728x90 AdSpace

  • Latest News

    Monday, July 18, 2016

    युरोकपको उत्कृष्ट खेलाडी अवार्डका लागि अन्तिम १० मा परेका खेलाडीको नाम सार्वजनिक

    युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले गएको सिजनको प्रदर्शनको आधारमा युरोकपको उत्कृष्ट खेलाडी अवार्डका लागि अन्तिम १० मा परेका खेलाडीको नाम सार्वजनिक गरेको छ । सुरुवाति मनोनयनमा परेका ३७ जना खेलाडीबाट युइएफएका ५५ सदस्य एसोसिएसनका तर्फबाट प्रतिनिधित्व गर्ने ५५ पत्रकारको मतको आधारमा उत्कृष्ट १० खेलाडीको नाम छनौट गरिएको हो ।

    95c50a3084a68df56bf0a383512d9082
    उत्कृष्ट १० मा स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाका गरी ६ खेलाडी परेका छन् । रियल मड्रिडबाट टिमलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका क्रिष्टियानो रोनाल्डो, पेपे, ग्यारेथ बेल र टोनी क्रस उत्कृष्ट १० मा परेका छन् । यस्तै बार्सिलोनाबाट लियोनल मेस्सी र लुइस स्वारेज परेका छन् । तर बार्सिलोनालाई लि लिगाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका नेइमार भने उत्कृष्ट १० मा अटाएनन् । यस्तै अन्तिम १० खेलाडीको सूचीमा युभेन्टसका जियानलुइजी बुफोन, एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान तथा बार्यन म्युनिखका थोमस मुलर र म्यानुएल नुएर परेका छन् । अन्तिम १० मा इंग्लिस प्रिमियर लिग खेल्ने कुनै पनि खेलाडी पर्न सकेनन् । ५५ जना पत्रकारलाई आफूलाई उत्कृष्ट लागेका पाँच खेलाडीलाई मत दिन भनिएको थियो । त्यसमा पहिलो नम्बरमा पर्नेले पाँच अंक, दोस्रोमा पर्नेले चार, तेस्रोमा पर्नेले तीन, चौथोमा पर्नेले दुई तथा पाँचौंमा पर्नेले एक अंक पाएका थिए । सबै भन्दा धेरै अंक पाउने १० खेलाडी दोस्रो चरणको मतदानमा पुग्न सफल भएका हुन् ।
    आउँदो अगस्ट पाँचमा अन्तिम तीनमा पर्न सफल खेलाडीको नाम सार्वजनिक गरिने छ । त्यसपछि अगस्ट २५ मा सन् २०१५–१६ को युरोपको उत्कृष्ट खेलाडीको अवार्ड घोषणा हुनेछ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: युरोकपको उत्कृष्ट खेलाडी अवार्डका लागि अन्तिम १० मा परेका खेलाडीको नाम सार्वजनिक Rating: 5 Reviewed By: Unknown
    Scroll to Top