खोटाङ, असार २९ - खोटाङ सदरमुकाम दिक्तेलमा आगलागीबाट दुई घर नष्ट भएका छन् । बुधबार बिहान पौने ८ बजेतिर सुरु भएको
आगलागीले दिक्तेल नगरपालिका-२ थर्पुटोलका बिनोद पाण्डे र ढकप्रसाद पाण्डेको घर जलेर नष्ट भएको हो । बिनोदको घरबाट सुरु भएको आगोबाट नजिकै रहेको जीवन बस्नेत र सुमन बस्नेतको संयुक्त घर भत्काइएको छ ।स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । पानी, हिलो, केराको थम्बाले हानेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताउनुभयो ।
आगोबाट पाण्डे र बस्नेत परिवार बाहेक डेरामा बसेका पीडित भएका छन् । क्षतिको बिस्तृत विवरण आउन बाँकी छ । नगरपालिकाको दमकल भने हिलोमा भासिएका कारण घट्नास्थलमा पुर्याउन नसकिएको दिक्तेल नगरपालिकाले जनाएको छ ।उज्यालोअनलाइनबाट
0 comments:
Post a Comment