एजेन्सी । सन् १९५२ देखि बेलायतको सत्ता सम्हालेकी बेलायतकी महारानी एलिजावेथ द्वितीय कति वर्षकी भइन् होला ? झट्ट हेर्दा उनी ९० वर्षकी जस्ती देखिदिनन् । तर ९० वर्षको वृद्धा उमेरमा एलिजावेथ द्वितीय उत्तिकै सक्रिय छिन् । उनको सक्रियता जिवनकाल भरी नै खरो मात्रामा रह्यो ।
र त उनले ११६ वटा देशको भ्रमण गर्न भ्याइन् । तर विना पासपोर्ट ।
उनीसँग पासपोर्ट मात्र नभई सवारी लाइसेन्स समेत नभएको अवस्थामा उनले विश्व हल्लाउँदै आएकी छिन् । विना लाइसेन्स सवारी चलाउने उनको बेलायती नागरिकको राहदानीमा नाम भने उल्लेख छ । महारानी एलिजावेथका अन्य पक्षहरु पनि रोचक छन् । उनी फरक फरक मितिमा जन्मदिन मनाउँछिन् ।
आधिकारिक जन्म मिति २१ अप्रिल भएपनि बेलायतमा प्रत्येक वर्ष जुन महिनाको पहिलो, दोस्रो वा तेस्रो शनिबार उनको जन्म दिन मनाइन्छ भने पूर्वी अस्ट्रेलियामा जुनको दोस्रो सोमबार
मनाइन्छ । त्यस्तै पश्चिमी अस्ट्रेलियामा सेप्टेम्बरको अन्तिम साता वा अक्टोबरको पहिलो साताउनको जन्मदिन मनाइन्छ । १८ वर्षको उमेरमा दोस्रो विश्वयुद्धमा आँफैले सैन्य ट्रक चलाएकी एलिजावेथले आफ्नो विवाहमा कम खर्च गर्न भन्दै राशन कुपनबाट खरिद गरेकी थिइन् ।
0 comments:
Post a Comment