काठमाडौं, २८ असार । नेकपा (एमाले) जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र यसबीचमा सरकारबाट अगाडि बढाइएका अग्रगामी र जनपक्षीय सामाजिक आर्थिक कार्यक्रमहरूको पक्षमा दृढतापूर्वक अगाडि बढ्ने निर्णय गरेको छ ।
मंगलबार राति दश बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी ओलीलाई पदबाट राजीनामा नदिन दबाब दिएको छ । एमालेको निर्णयसँगै ओलीले अब अविश्वासको प्रस्तावको सामना गर्ने छन् । ‘प्रधानमन्त्री केपी ओलीज्यूले यथाअवस्थामा राजीनामा दिनु हुँदैन’, सचिव योगेश भट्टराईले भन्नुभयो, ‘अव संवैधानिक प्रक्रियाअनुसार हेरक परिस्थितिको सामना गरेर जाने एमालेको निर्णय छ ।’
‘राजनीतिक अस्थिरताको घडीमा राजनीतिक विकृतिले प्रश्रय नपाउन् र आधारभूत राष्ट्रिय हितमा आँच पु¥याउने कुनै पनि काम कार्बाही हुन नपाउन् भन्ने कुरामा सजग रहन र संविधान, राष्ट्रिय हित र एकताको पक्षमा एकतावद्ध भएर अगाडि बढ्न सबै प्रगतिशील र देशभक्त शक्तिहरुलाई नेकपा (एमाले) आह्वान गर्दछ’, बैठकपछि महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘नेकपा (एमाले) उत्पन्न राजनीतिक समस्याको संंविधानसम्मत समाधानको दिशामा दृढतापूर्वक अगाडि बढ्नेजानकारी गराउदछौं’, विज्ञप्तिमा भनिएको छ । एमालेको यो निर्णयसँग अब कांग्रेस र माओवादी केन्द्रले ओली सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्नेछन् । त्यसपछि एकमहिनभित्र ओलीले संसदमा बहुमतसिद्ध गर्नु पर्नेछ । अन्यथा राजीनामा दिनुपर्नेछ ।
‘प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने नेकपा (माओवादी–केन्द्र) को निर्णय देशका लागि दुर्भाग्यपूर्ण छ । वर्तमान सरकार अत्यन्त प्रतिकूल परिस्थितिमा गठन भएको र मुुलुकका सामु उत्पन्न अनेकौं चुनौतीहरुको सफलतापूर्वक सामना गर्दै राजनीतिक स्थायित्व कायम गर्ने दिशामा दूरगामी महत्वका निर्णयहरु गर्दै अगाडि बढिरहेको यथार्थ सर्वविधितै छ । सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा नेकपा (माओवादी केन्द्रको यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गंभीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको छ । वर्तमान सरकार बनेयता सुदृढ बनिरहेको राष्ट्रिय स्वाधिनता, स्वाभीमान, राष्ट्रिय हितको रक्षा,आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तराष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्र राष्ट्र भारत र चिनको भ्रमणका क्रममा भएका महत्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पु¥याउन सक्ने संभावनाप्रति पार्टी गंभीर बनेको छ’, विज्ञप्तिमा एमालेले उल्लेख गरेको छ ।
अविश्वासको प्रस्ताव सामना गर्ने
यसअघि सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री ओलीले अविश्वास प्रस्तावको सामना गर्ने बताएका थिए । नेकपा (माओवादी केन्द्र)ले फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री ओलीले तत्काल आफू पदबाट राजीनामा नदिने पक्षमा नरहेको संकेत बैठकमा गराएको स्रोतले जनाएको छ ।
सत्तारुढ दलहरूले माओवादी केन्द्रले समर्थन फिर्ता लिँदैमा प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने अवस्था नरहेको भन्दै अविश्वासको प्रस्तावको सामना गर्ने निष्कर्ष निकालेको थियो । संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए त्यसको सामना गर्ने र सो प्रस्ताव स्वीकृत भए मात्रै राजीनामा दिनुपर्ने निर्णय भएको छ ।
गठबन्धनले नेपाली कांग्रेससहितका दलहरूसँग छलफल अघि बढाउने निर्णय गरेको छ । अविश्वासको प्रस्ताव दर्ता नभएपनि ३० दिनभित्र सरकारको तर्फबाटै विश्वासको मत लिन अघि बढ्ने निर्णय पनि सत्तारुढ दलहरूले गरेका छन् ।
माओवादीले गठबन्धन तोडेर गम्भीर गल्ती गरेको भन्दै सत्तारुढ दलहरूले प्रचण्डको आलोचना गरेका थिए । बैठकमा फोरम लोकतान्त्रिक भने अनुपस्थित थियो ।
कमल थापासँगको गोप्य भेटपछि ओली र देउवा फोन वार्ता
त्यसअघि प्रधानमन्त्री ओलीले राप्रपा नेपालका अध्यक्ष तथा परराष्ट्रमन्त्री कमल थापासँग गोप्य वार्ता गरेका थिए । वार्तामा प्रचण्डलाई प्रधानमन्त्री हुनबाट रोक्न कांग्रेसलाई प्रधानमन्त्रीमा समर्थन गर्ने भन्ने विषयमा परामर्श भएको उच्च स्रोतले जनाएको छ ।
‘प्रचण्डलाई जसरी हुन्छ, प्रधानमन्त्री बन्नबाट रोक्नुपर्छ’, स्रोतले भन्यो, ‘त्यसका लागि एमाले र राप्रपा नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरौँ ।’
त्यसपछि प्रधानमन्त्री ओलीले देउवालाई फोन गरेर प्रधानमन्त्रीमा सहयोग गर्ने बताएका थिए । तर, देउवाले आफूले माओवादी केन्द्रसँग सहमति गरिसकेका धोका दिन नमिल्ने बताएका थिए ।
साभार दैनिक नेपाल बाट
0 comments:
Post a Comment