असार २९ – स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले फ्रान्सका सेन्टर ब्याक सामुएल उमटिटीलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले
२२ वर्षका उमटिटीलाई दुई करोड १० लाख पाउण्ड अर्थात झण्डै तीन अर्ब नेपाली रुपैयाँमा अनुबन्ध गरेको छ । युरोकप २०१६ को क्वाटरफाइनलमाबाट
फ्रान्सको राष्ट्रिय टिममा डेब्यु गरेका उमटिटीले लिग वान क्लब लियोनबाट खेल्दै आएका थिए । उमटिटीले बार्सिलोनासँग पाँच वर्षको सम्झौता गरेका हुन् । उनले लियोनबाट एक सय ५० भन्दा धेरै खेल खेलका छन् ।
0 comments:
Post a Comment