728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    स्मार्ट लाइसेन्स वितरणको जिम्मा निजी कम्पनीलाई दिने तयारी

    यातायात व्यवस्था विभागले सवारी स्मार्ट लाइसेन्स कार्ड वितरणको जिम्मा निजी कम्पनीलाई दिने तयारी गरेको छ।
     
    विभागका प्रवक्ता बसन्त अधिकारीका अनुसार समयमै सवारी चालकलाई सरकारी तवरबाट स्मार्ट लाइसेन्स वितरण गर्न नसकिएकाले ग्लोबल टेन्डर मार्फत नीजी कम्पनीलाई दिने तयारी भएको हो।
     
    विभाग आफैले चालकलाई स्मार्ट लाइसेन्स वितरण गर्ने लक्ष्यका साथ ८ महिनादेखि काम गरे पनि कार्ड प्रिन्टरको कमी, बारम्बार स्फ्टवेयरमा आउने समस्याले गर्दा स्मार्ट लाइसेन्स वितरणको काम प्रभावित हुँदै आएको छ। 
     
    विभागले एडिबीको सहयोगमा गत मंसिर २० गतेबाट  स्मार्ट लाइसेन्स वितरण सुरु गरेको हो। 
     
    वाग्मती अञ्चल कार्यालयबाट मात्रै कार्ड वितरण गर्दा पनि बारम्बार समस्या देखिएपछि विभागले १४ अञ्चल कार्यालयबाट सवारी चालकलाई कार्ड वितरण गर्न नसक्ने निश्कर्षमा पुगेको हो। 
     
    विभागले प्राविधिक कामको जिम्मा निजी कम्पनीलाई दिएपनि  विभागको क्षेत्रभित्र पर्ने आन्तरिक तथा सुरक्षाको काम भने आफै गर्ने जनाएको छ। 
     
    विभागले स्मार्ट लाइसेन्स भारतीय मद्रास  प्रिन्टर कम्पनीको सहयोमा सुरु गरेको थियो। उक्त कम्पनीले भनेजस्तो सेवा दिन नसकेपछि विभागलाई वितरणको काममा थप अप्ठेरो भएको हो। 
     
    विभागले ‘चालकको हातमा स्मार्ट लाइसेन्स’ भन्ने नाराको सुरुवात गरे पनिसबै चालकको हातमा पु¥याउन भने नीजी कम्पनीलाई दिने तयारी गरेको उनले बताए। 
     
    निजी कम्पनीलाई दिएपछि रकम लिनकै लागि भए पनि समयमा नै काम हुने र कार्ड वितरणमा पनि कुनै समस्या नहुने अधिकारीले बताए। विभागले टेन्डरमा सबै भन्दा सस्तोमा वितरण गर्ने कम्पनीलाई छनौट गरी जिम्मा दिने  उनले बताए।
     
     विभागका अनुसार ८ महिनाको अवधिमा ५५ हजारको हातमा स्मार्ट लाइसेन्स पुगेको छ। यसबाहेक ७ हजार लाइसेन्स पाइपलाइनमा छन् भने १ लाख मात्र प्रिन्टेड कार्ड बाँकी रहेको अधिकारीले बताए।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: स्मार्ट लाइसेन्स वितरणको जिम्मा निजी कम्पनीलाई दिने तयारी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top