728x90 AdSpace

  • Latest News

    Friday, July 15, 2016

    नायिका निशा अधिकारीको गोप्य तस्विर सार्वजनिक, सोच्नै नसकिने यस्तो विषयमा किन हात हालिन् निशाले?


    असार १६, काठमाडौं । नेपाली फिल्म खेलेर चर्चा कमाएकी नायिका निशा अधिकारीको कनेक्सन देश टुक्रयाउने अभियानमा जुटेका सीके राउतसँग रहेको खुलासा भएको छ ।

    निशाले मंगलबार सीके राउतसँग भेट गरेर तराईलाई नेपालबाट टुक्र्याउने विषयमा गम्भीर वार्ता गरेको स्रोतले जनाएको छ ।अमेरिकामा बसेर फिल्मसम्बन्धी अध्ययन गरेकी निशाले सीके राउतलाई किन भेटिन् भनेर चर्चा हुन थालेको छ । 

    स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई निशाले मंगलबार जनकपुरस्थित निवासमा गएर भेटेकी थिइन् । सीके राउतसँगै मधेसी युथ थिङ्क ट्याङ्कका अध्यक्ष डा.विनय पञ्जियार, अभिनेता कर्मा, सामाजिक अभियानता इशान र प्रशान्त झाले गोप्य भेटवार्ता गरेका थिए । डा. पञ्जियारले कलाकारसहितको टोलीले सीके राउतलाई भेट गरेको स्वीकार गरेका छन् । ‘सीके राउतसँग उहाँकै निवास जनकपुरमा गएर हामीले भेटेका हौँ । भेटको सबै चाँजोपाँजो मैले मिलाएको हुँ’, पञ्जियारले भने–‘भेटमा धेरै कुरा भएन । मधेसीका अधिकारका विषयमा कुराकानी भएको हो ।’

    भेटमा यो टोलीले सीके राउत मधेसलाई मात्र हैन कि देशलाई नै खाँचो रहेको बताएका थिए । सीके राउतले पनि सबैलाई अहिंसाको मार्गमा हिँड्न प्रेरणा दिएको जानकारी डा. पञ्जियारले दिए ।‘राज्यसँगको लडाइँका लागि सबै एकजुट भएर लड्नु पर्छ’, सीके राउतको भनाइ उदृत गर्दै डा.पञ्जियारले बताए ।

    -यूनाइटेड पोष्ट साप्ताहिक


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नायिका निशा अधिकारीको गोप्य तस्विर सार्वजनिक, सोच्नै नसकिने यस्तो विषयमा किन हात हालिन् निशाले? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top