काठमाडौं– काठमाडौंको धापासीस्थित ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालले मिर्गाैला प्रत्यारोपण सुरु गरेको छ । स्वीकृति लिएको दुई हप्तामै प्रत्यारोपण सुरु गरेको हो । यससँगै काठमाडौंमा निजी स्तरबाट मिर्गाैला प्रत्यारोपण गर्ने पहिलो अस्पताल भएको छ ।
अस्पतालले गत असार २७ गतेदेखी मिर्गाैला प्रत्यारोपण शुरु गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै उनले निजी अस्पतालले गरेको यो कार्यलाई सेवा विस्तारका रुपमा बुझिदिन आग्रह गरे ।
शिक्षण अस्पताल महराजगञ्जमा कार्यरत नेफ्रोलोजिष्ट डा दिव्या सिंह शाह र युरो सर्जन डा प्रेम ज्ञवालीको नेतृत्वमा ग्रान्डीमा मिर्गाैला प्रत्यारोपण थालिएको हो । डाद्वयले निजी अस्पतालबाट सेवा दिन थाल्दा सरकारी अस्पतालको सेवा प्रभावित हुने सन्देह पत्रकार सम्मेलन गरिएको थियो । यसको जफावमा डा सिंहले आफ्नो फुर्सदको समयलाई उपयोग गर्ने बताइन् ।
शिक्षण अस्पतालमा ३ सय ७७ वटाको मिर्गाैला प्रत्यारोपण गरेको बताउँदै नियमित काममा कुनै अवरोध नआउने बताइन् । भनिन्, ‘अप्रेशन थिएटरको अभावमा हामीले हप्ताको एक दिन दुई जनाको मिर्गाैला प्रत्यारोपण गर्ने गरेको छौं । त्यस बाहेकको समयमा यहाँ पनि गर्नेछौं ।’
कार्यक्रममा मेडिकल डाइरेक्टर डा पाण्डेले सरकारीको विकल्पका भन्दा पनि सेवा विस्तारका रुपमा लिइदिन आग्रह गरे । उनले छोटो बिदा पाउने, पालो पर्खने समय नभएका र विदेशमा रहेका नेपालीका लागि मिर्गाैला प्रत्यारोपण गर्न सहज हुने बताए ।
अस्पतालमा काठमाडौं गोकर्णेश्वर नगरपालिकाका रबिन लामाको मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई आफ्नै सहोदर बहिनी उमा लामाले मिर्गाैला दान गरेकी थिइन् ।
मिर्गौला प्रत्यारोपण शल्यक्रियाको नेतृत्व प्रा. डा.प्रेमरमज ज्ञवालीले गरेका थए भने नेफ्रोलोजी टिमको नेतृत्व प्रा. डा. दिव्या सिंह शाहले गरेकी थिइन् ।
प्रत्यारोपणको टिममा डा. पवन राज चालीसे, डा. अनिल श्रेष्ठ, डा. भोजराज लुईटेल,डा. सुरेन्द्र बिक्रम अधिकारी, डा. उपेन्द्र जोशीका सहभागिता रहेको थियो ।
त्यसैगरी एनेस्थेसिया टिमको नेतृत्व डा. मुरारी राज उप्रेतीले गरेका थिए भने उनको टिममा डा. अर्चन अधिकारी र डा. सुवास प्रसाद आचार्यको संलग्नता रहेको थियो ।
0 comments:
Post a Comment