728x90 AdSpace

  • Latest News

    Friday, July 15, 2016

    दक्षिण सुडानमा चारदिनमा तीन सय बढीको मृत्यु : राष्ट्रसङ्घ

    जेनेभा, १ साउन । दक्षिण सुडानमा चार दिन लामो झडपमा कम्तिमा ३०० मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । राष्ट्रसङ्घका अनुसार यही जुलाई ८ गतेदेखि राष्ट्रपति साल्भा कीर उपराष्ट्रपति रेइक मचोरका सेनाबीच भएको चार दिन लामो ठूलो झडपमा परी सयौँ घाइते भएको समेत बताइएको छ ।


    जुलाई ८–११ सम्म भएको झडपमा ३०० भन्दा बढी मानिसको मृत्यु भएको सयौँ अन्य घाइते भएका र करिब ४२ हजार मानिस आन्तरिक रुपमा विस्थापित भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने संस्थाका प्रवक्ता विलियम स्पिन्डलरले बताउनुभयो ।

    संसारकै कान्छो देश दक्षिण सुडानबाट करिब आठ लाख ३५ हजार मानिस शरणार्थीका रुपमा विभिन्न छिमेकी राष्ट्रमा पलायन भएका छन् ।



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: दक्षिण सुडानमा चारदिनमा तीन सय बढीको मृत्यु : राष्ट्रसङ्घ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top