रुपन्देही, २३ असार । रुपन्देहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेका बेला चट्याङ लाग्दा मैनहिया गाविस–४ अमारीका ४४ वर्षीया शुभवती धवल र उनका छोरा रामकेशको मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा काम गरिरहँदा राति ८ बजे परेको चट्याङ लाग्दा घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो ।चट्याङ लागेर घाइते भएका चार जनालाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा ल्याइएकामा दुई जनाको मृत्यु भएको थियो । घाइते ६५ वर्षीया सोनमती भर र १९ वर्षीय प्रदीप धवलको मेडिकल कलेजमा उपचार भइरहेको र दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । Purbeli news
0 comments:
Post a Comment