728x90 AdSpace

  • Latest News

    Thursday, July 7, 2016

    ‘बिरामी शशांकले देउवालाई नमस्कार गर्दै बोल्न खोजे’

    काठमाडौँ – अस्वस्थ्य भई ओम अस्पतालमा उपचारार्थ नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थामा निकै सुुधार आएको छ ।

    उनमा चेतना आएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालको विज्ञप्ति उद्धृत गर्दै पार्टीले जनाएको छ । महामन्त्री डा कोइरालाको स्वास्थ्य स्थितिबारे जानकारी लिन काँग्रेसका सभापति शेरबहादुर देउवा पुनः आज साँझ अस्पताल पुगेका थिए ।

    सभापति देउवालाई डा कोइरालाले उठेर नमस्कार गर्दै बोल्न खोजको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज साँझ प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।Ratopati 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘बिरामी शशांकले देउवालाई नमस्कार गर्दै बोल्न खोजे’ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top