728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    नेपाल वायुसेवा निगमको चार वर्षपछि दुबई उडान

    राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल वायुसेवा निगमले आगामी भदौ २ गतेदेखि काठमाडौं–दुबई रुटमा उडान आरम्भ गर्ने भएको छ। 
     
    जहाज अभावको कारण देखाउँदै सन् २०१२ मा निगमको दुबई उडान रोकिएको थियो।  ‘तुलनात्मक रुपमा सस्तो भाडामा हप्ताको तीन दिन उडान भर्ने निर्णय गरेका छौं’ निगमका प्रवक्ता रामहरि शर्माले भने। 
    हप्तामा आइतबार, मंगलबार र बिहिबार एकतर्फी २५ हजार र दुईतर्फी ४२ हजार भाडामा उडान भर्ने निर्णय गरिएको शर्माले जानकारी दिए। 
     
    नेपाली नागरिकहरु कामको खोजीमा जाने राष्ट्रमध्ये यो तेस्रो लोकप्रिय देश हो।  शर्माका अनुसार निगमको उडान काठमाडौंबाट २३ ः ३० बजे छुट्ने छ भने २ ः ५५ बजे पुग्ने छ। 
     
    थन्किएको बोइङ सुचारु भयो 
    अघिल्लो हप्ता चरासँग ठोक्किएर ग्राउन्डेड भएको निगमको अन्तराष्ट्रिय उडान भर्ने बोइङ ७५७ जहाज मर्मत भएर सुचारु भईसकेको शर्माले जानकारी दिए।  ‘बोइङ मर्मत भएर पनि जहाजले हिजो रातिको मलेसिया उडान भरिसकेको छ ’ शर्माले भने। 
     
    उक्त जहाजमा पुर्ण क्षमतामा यात्रु प्याक भएको पनि उनले जानकारी दिए। 
     
    त्यस्तै निगमले आजै एयरबसको विमान किन्दा कर्मचारी संचय कोषबाट लिएको ऋणको पाँचौ किस्ताबापत ३२ करोड रुपैयाँ बुझाएको छ । १५ वर्षे सम्झौतामा लिइएको उक्त ऋणबापत निगमले अहिलेसम्म १ अर्ब २६ करोड भुक्तान गरिसकेको छ। 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल वायुसेवा निगमको चार वर्षपछि दुबई उडान Rating: 5 Reviewed By: Unknown
    Scroll to Top