728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    अझै पनि चीनमा फाँसी वा जेल सजाय भन्दा बढी सिधै गोली

    एजेन्सी । चीन विश्वकै शक्तिशाली देश मध्येको एक हो । विश्वलाइ नै चुनौती दिने किसिमका काम गर्दै आइरहेको चीनका केही यस्ता पक्ष छन् जसका बारेमा चीनले केही कुरा पनि बाहिर चुहाउन चाहँदैन । जुन कुरा पछिल्लो समय सामाजिक संजाल र विश्वभरका मिडियामा भाइरल बनिरहेका छन् ।

    china panalty fire

    सिधै गोली हानेर मान्छे मारिन्छ
    चीनले लुकाउन चाहको तथ्य मध्येको एक हो पुरानो रवैया अन्र्तगतको सिधै गोली ठोकेर मारिने परम्परा । जहाँ अपराधीलाई फाँसी वा जेल नदिई सिधै गोली हानेर मारिने गरिन्छ । सन् २००५ मा विश्वभरमा जति मानिसलाई मृत्युदण्ड दिइएको थियो एक्लै चीनमा यो संङ्ख्या चार गुणा बढी रहेको विभिन्न तथ्यांकहरुले उल्लेख गरेका छन् ।

    priracy_1465821192

    चीनमा पाइरेसीको दर दोब्बर 

    एउटा मात्रै निती नियममा चीन कडा छैन । उसले जेमा पनि कडा नियम लागू गर्न चाहान्छ । जसमध्येको एक हो पाइरेसी । विश्वका अन्य देशमा पाइरेसी ४२ प्रतिशत भइरहेका बेला चीनमा भने दोब्बर रहेको छ। विशवका अन्य देशमा करिब ७८ प्रतिशत अवैध तरिकाले चोरी गरिएका तथ्यहरु बाहिर आएका छन् ।

    purerjanam_1465821193

    पुनर्जन्मका लागी सरकारलाई सोध्नुपर्छ

    चीनमा यतिबेला एउटा भनाई चर्चामा छ ? के पुर्नजन्मका लागी पनि सरकारलाई सोधीरहनुपर्छ ? यो प्रसंग बौद्ध भिक्षुसँग सम्बन्धित भएर बाहिर आएको हो । जहाँ चीन सरकारले बौद्ध भिक्षुहरुलाई पुर्नजन्ममा रोक लगाएको दाबी गरिएको छ। खासमा यो कदम दलाई लामाको प्रभाव कम गर्न गरिएको हो।

    hocha pudka1

    पर्यटकको मनोरञ्जनको लागि बामपुड्केको प्रयोग

    मानिसको स्वतन्त्रता चीनमा अन्य देशको तुलामा बढी नै शोषण हुँदै आएको पाइन्छ । जहाँ पर्यटकको मनोरञ्जनका लागी होचापुड्का मानिसहरुको प्रयोग हुँदैआएको छ । किंगड अफ द लिटल पीपुलको नामले चिनिने गार्डेनमा बामपुड्के मानिस पर्यटकको मनोरञ्जनको लागि राखिने गरेको तथ्यांक बाहिर आएको छ । जहाँ एउटा पार्कमा सयौँको संख्यामा होचापुड्काहरुलाई बन्धक जस्तै बनाएर राखिएको हुन्छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अझै पनि चीनमा फाँसी वा जेल सजाय भन्दा बढी सिधै गोली Rating: 5 Reviewed By: Unknown
    Scroll to Top