Ratiइटहरी – काठमाडौं उपत्यकामा गुण्डागर्दी निस्तेज पार्न प्रहरीले चलाएको अभियान प्रभावकारी बन्दै गएपछि पूर्वको केन्द्रबिन्दुु इटहरी क्षेत्रमा पनि (गुण्डा अपरेशन) शुरु भएको छ ।
पक्राउ परेका प्राय सबै टोले गुण्डा, रातको समयमा हल्लाखल्ला गर्ने, मापसे सेवन गरेर अरुलाई दुख दिने, हप्ता असुली गर्ने र धाकधम्की दिने रहेका छन् । उनीहरुलाई इटहरी र हाँसपोसा क्षेत्रबाट पक्राउ गरिएको हो ।
समाजमा रहेर शान्ति सुरक्षामा खलल पार्ने गुण्डागर्दी विरुद्ध इटहरीमा अभियान थालेको इटहरीका डिएसपी ओम अधिकारीले बताए । ‘मिशन सेफर इटहरी’ अभियानलाई साकार रुप दिन पनि यो अभियान अझै प्रभावकारी बन्ने उनले बताए ।
जसमा डिएसपी अधिकारी नेतृत्वको टोली इटहरीका प्रत्येक टोलमा पुगेर टोल अशान्त पार्ने गुण्डाहरुको खोजीमा स्वयम आफैँ खटिने छन् । हामी टोल टोलका स्थानीयवासीको (फिड ब्याक) लिएर गुण्डागर्दी गर्नेहरुको पहिचान गर्छौं, त्यस पछि पक्राउ गर्छौं अधिकारीले भने । ‘गुण्डागर्दी गर्नेहरु टोलमा हैन अब प्रहरी हिरासतमा बस्ने छन’ उनले भने ।
अहिलेसम्म इटहरी ५ जनता बस्ती, बालग्राम र इटहरी २६ हाँसपोसा क्षेत्रमा गुण्डा अपरेशन सकेको बताउँदै अन्य टोलमा निरन्तर अभियान चल्ने अधिकारी बताउछँन ।
गुण्डागर्दीले इटहरीमा ठुलो रुप नलियोस् भनेर हामीले अपरेशन चलाएका हौ डिएसपी अधिकरीले भने ।
‘विगतभन्दा अहिले इटहरी सुरक्षीत छ तर टोलमा बसेर टोलमै आतंक सिर्जना गर्नेहरु विरुद्ध हामी आक्रमक भएको हौ’ अधिकारीले भने । यदी कसैले धाक धम्की दुख दिने कार्य भए सिधै आफूलाई खबर गर्न डिएसपी अधिकारीले आग्रह गरे ।
साथै इलाका प्रहरी कार्यालय इटहरीले रातको समयमा हुने अपराधिक कृयाकलापलाई मध्यनजर गदै रातको समयमा प्रहरीको उपस्थिति बढाएको छ । प्रत्येक चौक र गल्लीहरुमा दुई दुई जनाको संख्यामा प्रहरी परिचालन गरिएको हो ।Ratopati
0 comments:
Post a Comment