728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    विस्फोटमा परि अफ़ग़ानिस्तानमा १० को मृत्यु ।

    अफगानिस्तान, २८ असार- अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानमा भएको विस्फोटमा परी कम्तीमा पनि दश जनाको ज्यान गएको समाचार छ ।

    उक्त क्षेत्रमा बिहानै सर्वसाधारणलाई लक्ष्यगरी गराइएको बम विस्फोटनमा परी कम्तीमा दश व्यक्तिको मृत्यु हुनुको साथै अन्य १७ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

    स्थानीय समयाअनुसार सोमबार बिहान ९:३० मा भएको यस विस्फोटनमा परी दशजनाको मृत्यु हुनुको साथै अन्य १७ जना घाइते भएका प्रारम्भिक समाचारमा जनाइएको प्रान्तीय गभर्नर नविद फ्रोउतानले बताएका छन् ।

    यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । यो विस्फोट शक्तिशाली भएको हुनाले यसमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

    अफगानिस्तानमा यसपछि पनि अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान अर्को विस्फोट भएको बताइएको छ । त्यस घटनाको सम्पूर्ण विवरण भने आउन सकेको छैन । रासस/सिन्ह्वा

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: विस्फोटमा परि अफ़ग़ानिस्तानमा १० को मृत्यु । Rating: 5 Reviewed By: Unknown
    Scroll to Top