728x90 AdSpace

  • Latest News

    Thursday, July 7, 2016

    उत्तर कोरियाले भन्यो– ‘युद्धको घोषणा हो यो’

    प्योङयाङ्ग, असार २४ । अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ्ग उनमाथि प्रतिबन्ध लगाएकोबारे उत्तर कोरियाले कडा प्रतिक्रिया जनाएको छ ।

    उत्तर कोरियाली विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकाको सो कदमलाई ‘युद्धको घोषणा’ भनेको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सीले जनाएअनुसार उत्तर कोरियाले अमेरिकाको सो कदमलाई ‘युद्ध घोषणा’ संज्ञा दिएको हो ।

    अमेरिकाले मानवअधिकार हनन्मा दोषी रहेको भन्दै कोरियाली सर्वोच्च नेता उनमाथि प्रतिबन्ध लगाएको थियो ।

    अमेरिकाको सो कदमका विरुद्ध उत्तर कोरियाली विदेश मन्त्रालयले कडा प्रतिक्रिया जनाउँदै अमेरिकालाई क्षेत्रीय तनाव नबढाउन चेतावनी दिएको छ । (एजेन्सी)


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: उत्तर कोरियाले भन्यो– ‘युद्धको घोषणा हो यो’ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top