काठमाडौं, २४ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार परिवर्तनमा आफूहरूको चासो नरहेको बताउनुभएको छ ।
नेता पौडेलले भन्नुभयो, ‘हाम्रो चासो सरकार परिवर्तनमा छैन । संविधान कार्यान्वयनमा ध्यान केन्द्रित । सरकार बनाउने वा गिराउने विषयमा पार्टीभित्र कुनै पनि छलफल भएको छैन ।’
नेपालवाणी रेडियो नेटवर्कको वाणी बहसमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता पौडेलले एमाले नेतृत्वको सरकार गिराउने विषयमा कांग्रेसभित्र कुनै छलफल नएभको दाबी गर्नुभयो ।
‘सरकार गिराएर कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा पार्टीभित्र कुनै कुरा भएको छैन’, उहाँले भन्नुभयो, ‘पार्टी सभापति शेरबहादुर देउवाले यस विषयमा मसँग कुरा गर्नुभएको छैन ।’
एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार गिराएर कांग्रेस र माओवादी केन्द्र मिलेर नयाँ सरकार बनाउने चर्चा चलिरहेका बेला वरिष्ठ नेता पौडेलले सरकार गिराउने जिज्ञासाका विषयमा अनभिज्ञता जनाउनु भएको हो ।
स्थानीय निकायको निर्वाचन मुलुकका लागि अनिवार्य भइसकेको बताउनुभएका पौडेलले भन्नुभयो, ‘गाउँपालिका बनाउने कुरा छ । त्यसलाई कानुनी रुपमा मिलाएर अगाडि बढ्नुपर्छ । गाउँपालिकाहरूलाई ठूलो बनाउनु हुँदैन ।’
dainiknepal
Thursday, July 7, 2016
- Blogger Comments
- Facebook Comments
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment