728x90 AdSpace

  • Latest News

    Thursday, July 7, 2016

    जोखिम मोलेर शिक्षा लिन बाध्यछन यि विद्यार्थीहरू

    डडेल्धुरा । ( फाइल तस्विर ) गाँखेत गाविस–९ जैसिना खोलामा पुल नहुँदा भुवनेश्वरी मावि हर्तोलामा पढ्ने विद्यार्थी जोखिम मोलेर आउने गरेका छन् ।  लगातारको वर्षाले खोलामा पानी बढेपछि जीर्ण बनेको काठको पुलबाट विद्यार्थी ओहोरदोहोर गर्ने गरेको अविभावकहरु बताउँछन् । जैसिना गाउँबाट भुवनेश्वरी विद्यालय आउँदा जैसिना खोलामा जीर्ण अवस्थामा रहेको पुलबाट कक्षा ३ देखि १० सम्म अध्ययन गर्ने ५० विद्यार्थी दैनिक वारपार गर्ने गरेको स्थानीयवासी लालबहादुर खड्काले बताउनुभयो ।

    विद्यार्थी मात्रै नभएर करिब ४० परिवार रहेका जैसिना गाउँका सर्वसाधारणसमेत सोही पुलबाट वारिपारि गर्ने गरेको जैसिनाका रामसिंह कडालले जानकारी गराउनुभयो । जैसिनाखोलामा रहेको पुलको काठ एकातिरको सडिसकेको छ भने एउटा बल्ली पनि कुहिएर भाँचिएको छ ।

    करिब १२ मिटर चौडा जैसिना खोलामा धेरै पटक आग्रह गर्दासमेत कसैले पुल निर्माणमा ध्यान नदिँदा बालबालिकालगायत आफूहरुले समेत सास्ती भोग्नु परेको जैसिनाका जनसेवा सामुदायिक संस्थाका अध्यक्ष राम कडालले बताउनुभयो । विद्यालय जाँदा र फर्कंदा पुलबाट डरैडरले तर्ने गरेको भुवनेश्वरी माविमा अध्ययन गर्ने विनिता कडालले बताउनुभयो ।

    कुनै दिन विद्यालयबाट अगाडि एक्लै आएपनि पुल छेउमा पुग्दा खोला तर्न र पुलबाट जान पनि झसङ्ग हुने गरेको कक्षा ५ की छात्रा सरिता कडालको भनाइ छ ।
    गाँखेत गाविसको जैसिनाका सर्वसाधारण खेतबारी, घाँसदाउरासमेत तीन दशकभन्दा पहिला निर्माण गरिएको सोही काठको जीर्ण पुल भएर खोला तर्ने गरेका छन् । यसरी खोलामा बाढी आएको बेला र अन्य बेलामा पनि दैनिक मानिस जोखिमका साथ खोला तर्ने गर्दा ठूलो दुर्घटना हुन सक्ने सर्वसाधारण बताउँछन् ।
    purbeli news

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: जोखिम मोलेर शिक्षा लिन बाध्यछन यि विद्यार्थीहरू Rating: 5 Reviewed By: Unknown
    Scroll to Top