काठमाडौं । नेपाली साहित्यका आदि कविका रुपमा परिचित भानुभक्त आचार्यको आज २ सय ३ औं जन्म जयन्ति देशैभर विभिन्न साहित्यिक कार्यक्रमहरुको आयोजना गरी मनाइदै छ ।
विसं १८७१ असार २९ गते आजकै तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा आचार्यको जन्म भएको हो । रामायणको भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य को विजारोपण गरेका थिए । । उनका ‘प्रश्नोत्तर’भक्तमाला’,वधूशिक्षा’,रामगीता’ लगायत दर्जनौँ साहित्यिक कीर्तिहरु प्रकाशित छन् ।
उनी वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकविको उपाधि दिएका थिए ।
'भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति'-भानुभक्त अाचार्य
0 comments:
Post a Comment