काठमाण्डु, २ साउन– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रंसहितका दलले व्यवस्थापिका संसदमा अविश्वस प्रस्ताव दर्ता गरेसँगै प्रमुख दलका दुई गठबन्धन नयाँ सरकारबारे आमनेसामने देखिएका छन् ।
दुवै पक्ष संख्याको खेलमा भन्दा संवैधानिक प्रश्न उठाएर विभाजित छन् । प्रधानमन्त्री ओली र नयाँ सरकार गठनको तयारीमा रहेका कांग्रेस–माओवादी संविधानको धारा २९८ लाई आफूअनुकूल व्यख्या गरिरहेका छन् ।
दुवै पक्ष आफ्नो पक्षमा परिणाम नआए अप्रियबाटोतिर अग्रसर हुनेबारे कानुनविद्सँग परामर्शमा छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली आफूमाथि अविश्वास प्रस्ताव पारित भए राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्नेसम्म विषयमा निकटस्थ र काुननविद्सँग छलफलमा छन् । संसद विघटन गर्ने अवस्था आए प्रचण्ड गठबन्धन भने राष्ट्रप्रतिविरुद्ध महाअभियोग लगाउने योजनामा छ । नागरिक दैनिकबाट

0 comments:
Post a Comment